बजारमा ट्रान्जेक्सनवाइज र इथिकल मचुरिटी आउनुपर्छ: डेपुटी गभर्नर

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले पुँजी बजार अर्थतन्त्रको ऐना हुन नसकेको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघले शुक्रबार आयोजना गरेको पुँजी बजार सम्मेलनको उद्घाटन कार्यक्रममा बोल्दै मिश्रले बजार कुन कुन क्षेत्रमा अपरिपक्व छ भनेर बुँदागत व्याख्या गरेका थिए । उनले पुँजी बजार ’अर्थतन्त्रको ऐना होस्’ भन्दै शुभकामना दिएका थिए ।

मिश्रले बजारमा ’टेक्नोलोजिकल मचुरिटी, पोलिसी मचुरिटी, ट्रान्जेक्सनवाइज मचुरिटी, इथिकल मचुरिटी’ आउनु पर्ने बताए । उहाँले पोलिसी मचुरिटीमा राष्ट्र बैंकको पनि भूमिका हुने बताए । मिश्रले ४४ खर्बमा पुगेको सेयर बजार ३१ खर्बमा पुगेको कारण पत्ता लगाउनुपर्ने पनि बताए । उनले भने, “बजारमा ५१ लाख लगानीकर्ता भनेपनि कतिजनाले आफैले निर्णय गरेर लगानी गर्छन्, त्यो महत्वपूर्ण कुरा हो ।”

राष्ट्र बैकले एनआरएनएलाई डलर खाता खोल्ने र डलरमा नै लैजान सक्ने अफर ल्याएको पनि उनले बताए । उनले यसमा सहयोग गर्न पनि सबैलाई आग्रह गरे ।

Comments

Back to top