विदेशमा रहेका नेपालीलाई आईपीओमा कोटा दिन कार्यविधि बन्दै

नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले विदेशमा रहेका नेपाली श्रमिकहरुले साधारण शेयर (आईपीओ)मा कोटा पाउने बताउनुभएको छ । शुक्रबार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको “परिपक्व पुँजीबजार सम्मेलन” मा बोल्दै अध्यक्ष हमालले भने, “विदेशमा रहेका नेपाली श्रमिकहरुलाई दुई महिनाभित्रै आईपीओमा कोटा दिने व्यवस्था गर्छौ । अहिले यसका लागि कार्यविधि बनाइरहेका छौँ ।”

उनले सामाजिक सञ्जालका स–साना हल्लाले शेयर बजारमा उतारचढाव आउने गरेको बताए । उनले भने,”सेयर बजार सहभागितामा साक्षरताको अभाव छ । सामाजिक सञ्जालका स–साना हल्लाले बजार उतारचढाव आउने गरेको छ ।”

अध्यक्ष हमालले बुक बिल्डिङलाई विश्वसनीय बनाएर कायान्वयन गरिने पनि बताए । “रियल सेक्टरलाई सेयर बजारमा ल्याउन बुक बिल्डिङको विकल्प छैन । पुँजी बजारमा सेक्टरले डाइभर्सिटीका लागि बुक बिल्डिङलाई अघि बढाउनु पर्ने आवश्यकता रहेको छ । पुरानो घटनाले न्यारेटिभ स्थापित भयो । उचीत उदाहरणबाट बुक बिल्डिङ ठीक हो भन्ने स्थापित गराउनु छ ।”

Comments

Back to top