नेप्सेको साप्ताहिक प्राविधिक विश्लेषण !

गत साता १.३२% ले बढेको नेप्से यो साता भने ५% ले घटेको छ। यस साताको पहिलो कारोबार दिन सोमबार २३५८ को बिन्दुमा खुलेको नेप्से, साता मा भने  तिन दिन मात्रै कारोबार भएको थियो। लगातार भारी अंकको गिरावट आएको नेप्से पहिलो दिन ४८ अंकले घट्यो भने  अन्तिम दिन बिहिबार ३७ अंक घटेर २२३८ मा आएको छ। साताको सुरु दिन बाटै साघुरिएको कारोबार यस सातामा करिब ४.२ अर्बको मात्र भयो। 

साताभरिमा १३ उप-समुहहरु सबै ओरालो लागेका छन् ।

यस साताको टप गेनर्स (Top Gainers)

यस साताको टप लुजर्स (Top Losers)

यस साता सबै भन्दा धेरै कित्ता कारोबार भएका टप दश कम्पनीहरु (Top Traded Stocks By Units )

टप ब्रोकर

प्राविधिक विश्लेषण

अघिल्लो साता इन्भर्टेड ह्याम्मर क्यान्डल बनाउदै ओरालो लागेको नेप्से यस साता भने बियरिस क्यानडल बनाएको देखिन्छ। यस साताको क्लोजिंगले लोवर ब्याण्ड २२३१ को नजिक क्लोज गरेको छ तर लोवर ब्याण्ड फराकिलो हुँदै गएको देखिन्छ जसले बजारमा उतारचढाव भएको र बिक्री बढेको जनाउँछ। एमएसिडि लाइन जिरो लाइन भन्दा तल -१०० मा आएको छ जहाँ अघिल्लो साता -८४ मा थियो।  सिग्नल लाइन पनि जिरो लाइन भन्दा तल -५८ मा आएको छ र हिस्टोग्राम पनि पुनः नेगेटिभ बनाएको देखिन्छ जसले  बजारमा बिक्रीकर्ता बढी  भएको जनाउँछ। -१४ डिएमआई लाईन, +१४ डिएमआई लाईन भन्दा माथि रहेको देखिन्छ जसले बजारमा सेलिङ मोमेन्टम बढेको जनाउँछ । आरएसआइ ३७ बाट घटेर ३३ मा आएको छ जसबाट आरएसआइको मोमेन्टम घटेको  देखिन्छ ।

नेप्सेको आगामी दिनको नजिकको सपोर्ट फिबोनाकी रेसियो अनुसार ०.५ को लेभल २२०० मा रहेको देखिन्छ भने  नेप्सेको आगामी दिनको अवरोध २२६० देखि २२८० को लेबल हुन आउँछ।

Comments

Back to top