नेप्सेमा ३७ अंकको गिरावट, मात्र १ अर्ब ६५ करोडको कारोबार !

आज बिहिबार ३७.०६ अंकले घटेर १.६३ % गिरावटको साथ नेप्से परिसूचक २२३८.६२ अंकमा बन्द भएको छ। कारोबार भएका २३२ कम्पनीमध्ये ५ कम्पनी उकालो लागेका छन्, १८८ कम्पनी ओरालो लागेका छन् र ३ कम्पनी स्थिर रहेको छ।

कारोबार भएका तेह्र उप-समूहमध्ये सबै उप-समुहहरुको सेयर मूल्य ओरालो लागेका छन्।

बजार पुँजीकरण घटेर ३१ खर्ब ८४ अर्ब पुगेको छ।

प्रमुख कारोबार

प्राविधिक विश्लेषण

NEPSE Daily Update: May 5, 2022

प्राविधिक विश्लेषण सूचक

१. बोलिन्जर ब्याण्ड

आज बोलिन्जर ब्याण्डको अपर र लोवर ब्याण्डको अन्तर बढेको विश्लेषणले देखाउँछ (आजको फरकः २५०) जसले बजारमा भोलाटाइलिटी बढेको  इङ्गित गर्दछ। बजार आज लोवर ब्याण्डभन्दा मुनि २२३८ मा बन्द भएको छ। आज बजारमा बिक्री चाप ज्यादै बढेको देखिन्छ।

२. मुभिङ एभरेज कन्भर्जेन्स डाइभर्जेन्स

मुभिङ एभरेज कन्भर्जेन्स डाइभर्जेन्स विश्लेषणले एमएसिडि लाइन जिरो लाइन  भन्दा -६९ मा आएको  देखाउँछ। हिस्टोग्राम नेगेटिभ ४.२७  मा आएको छ जुन हिजोको भन्दा सानो बनेको छ। एमएसिडी लाइनले  माथिबाट तल तिर फर्किएर सिग्नल लाइनलाई छोएको छ।  सिग्नल लाइन जिरो लाइन भन्दा तल  -६४.९७ आएको छ। समग्र मुभिङ्ग एभरेजलाई हेर्दा बजारमा आज बिक्रीको मोमेन्टम बढी भएको देखिन्छ।

३ .डाइरेक्सनल मुभमेन्ट

डाइरेक्सनल मुभमेन्ट इन्डिकेटरका अनुसार आज +१४ डिएमआई लाइन तलतिर फर्किएको छ भने  -१४ डिएमआई माथि फर्किएको  छ।  सिग्नल लाइन   – १४डिएमआई लाइनलाई क्रस नगरी पुनः तलतिर निरन्तर गएको थियो तर आज हल्का माथि फर्किएको छ जसले ट्रेन्ड मत्थर हुन सक्ने जनाउँछ ।  -१४ डिएमआई लाईन तलबाट माथि फर्किएको देखिन्छ  जसले  बजारमा बिक्री बढेको बुझ्न सकिन्छ।  

४. क्यान्डलस्टिक

आज नेप्सेले बियरिश  क्यान्डल  बनाएको छ जसले बजारमा बिक्री धेरै बढेको देखाउँछ।

५. क्युमुलेटिभ एडी लाईन

NEPSE Daily Update: May 5, 2022

क्युमुलेटिभ एडी लाइन  -४९७३ देखि घटेर -५१५६  मा आएको छ। नेप्सेको कुल भोल्युम ३६१११३४ रहेको छ जुन २१ दिन मुभिङ एभरेज भोल्युम(३३४२५९५)  को १०८ प्रतिशत देखिएको छ।

नेप्से आज लोवर  ब्याण्ड  भन्दा मुनि २२३८ मा क्लोज भएको छ। एमएसिडी लाइन जिरो लाइन भन्दा  तल -६९ मा आएको छ र  सिग्नल लाईन पनि जिरो लाइन तल -६४.९७ मा देखिएको छ  भने हिस्टोग्राम नेगेटिभ ४.२७ मा पुगेको छ जसले बजारमा बिक्री बढेको बुझ्न सकिन्छ।

-१४ डिएमआई लाइन माथि फर्किएको छ भने +१४ डिएमआई लाईन तल तिर लागेको छ  भने सिग्नल लाइन   – १४डिएमआई लाइनलाई क्रस नगरी पुनः तलतिर निरन्तर गएको थियो तर आज हल्का माथि फर्किएको छ जसले ट्रेन्ड मत्थर हुन सक्ने जनाउँछ । आरएसआइ आज ३०.९८ बाट घटेर २८.३६ मा पुगेको छ आरएसआइको मोमेन्टम घटेको र नेप्से ‘ओभर सोल्ड जोन’ मा पुगेको जनाउँछ।

नेप्सेको आगामी दिनको नजिकको सपोर्ट २१८०  देखिन्छ भने नेप्सेको नजिकको  अवरोध २३७० को एरिया रहेको देखिन्छ।

Comments

Back to top