नेप्से इन्ट्राडे अपडेट: १८ अंकको गिरावट !

आज बिहिबार नेप्से बजारमा भारी अंकको गिरावट आएको देखिन्छ।

एक बजेसम्म नेप्से परिसूचक २२५० को लाइनमा आएको छ। १८ अंकले घटेर नेप्से परिसूचक २२५७.४३ मा आएको हो । आज २ घण्टामा मात्र ५५ करोडको कारोबार भएको छ। यो कारोबार रकम निकै न्यून हो।

यस्तै, आजको टप गेनर्समा जल्पा सामुदायिक लघुवित्त रहेको छ जसको १०% मूल्य बढेर कारोबार भएको छ भने टप लुजर्समा बुद्धभूमि नेपाल हाइड्रो पावर कम्पनी रहको छ जसले ६.०६% गुमाएको छ । #नेप्से इन्ट्राडे

Comments

Back to top