युनाइटेड इदी मर्दीको साधारण सभा जेठ १४ गते, यस्ता छन् एजेण्डा

युनाइटेड इदी मर्दी एण्ड आरबि हाइड्रोपावरले जेठ १४ गते शनिवार साधारणसभा गर्ने भएको छ । सभामा संचालक समितिको तर्फबाट अध्यक्षबाट प्रस्तुत हुने आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरि पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७७/७८ को वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रभाव विवरण सहितको वित्तीय विवरणहरु (अनुसूचीहरु समेत) छलफल गरि पारित गर्नेछ ।

साथै, सभाले आर्थिक वर्ष २०७८/०७९ को लेखापरीक्षण कार्यको लागी लेखापरीक्षक नियुक्ति एंव निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पेश हुने छन् । कम्पनीले लाभांश प्रस्ताव गरेको छैन ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि बैशाख ३० गते बुक क्लोज गर्ने निर्णय गरेको छ । बैशाख २९ गतेसम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन सक्ने छन् ।

Comments

Back to top