नेप्सेमा दुई कम्पनीको बोनश सेयर सूचिकृत
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा हिमालयन जनरल इन्स्योरेन्स कम्पनी र समता घरेलु लघुवित्त वित्तीय संस्थाको बोनश सेयर सूचिकृत भएको छ ।हिमालयन जनरल इन्स्योरेन्स कम्पनीको ७ लाख ३१ हजार ७२४ कित्ता र समता घरेलु लघुवित्तको ५ लाख ७१ हजार २४० दशमलव ३२ कित्ता बोनश शेयर सूचिकृत भएको हो ।
हिमालयन जनरल इन्स्योरेन्स कम्पनीले फागुन ३० गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ६ दशमलव ६५ प्रतिशत बोनश सेयर सूचिकृत गराएको हो । त्यसैगरी, समता घरेलु लघुवित्तले पुस ७ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित २० प्रतिशत बोनश सेयर सूचिकृत गराएको हो ।
अब बोनश सेयर हितग्राही खातामा आएपछि लगानीकर्ताले खरीदबिक्री गर्न सक्नेछन् ।
Comments