पहिलो कारोबार दिनमै नेप्से भारी अंकले झर्यो, रोकिने सङ्केत देखिएन !
आज सोमबार ४८.७३ अंकले घटेर २.०७ % गिरावटको साथ नेप्से परिसूचक २३०७.४४ अंकमा बन्द भएको छ। कारोबार भएका २२८ कम्पनीमध्ये ७ कम्पनी उकालो लागेका छन्, १८७ कम्पनी ओरालो लागेका छन् र १ कम्पनी स्थिर रहेको छ।
कारोबार भएका तेह्र उप-समूहमध्ये सबै उप-समुहहरुको सेयर मूल्य ओरालो लागेका छन्।
बजार पुँजीकरण घटेर ३२ खर्ब ८२ अर्ब पुगेको छ।
प्रमुख कारोबार
प्राविधिक विश्लेषण
प्राविधिक विश्लेषण सूचक
१. बोलिन्जर ब्याण्ड
आज बोलिन्जर ब्याण्डको अपर र लोवर ब्याण्डको अन्तर घटेको विश्लेषणले देखाउँछ (आजको फरकः३५५) जसले बजारमा भोलाटाइलिटी घटेको इङ्गित गर्दछ। बजार आज लोवर ब्याण्ड भन्दा माथि २३०७ मा बन्द भएको छ। आज बजारमा बिक्री चाप बढेको देखाउँछ।
२. मुभिङ एभरेज कन्भर्जेन्स डाइभर्जेन्स
मुभिङ एभरेज कन्भर्जेन्स डाइभर्जेन्स विश्लेषणले एमएसिडि लाइन जिरो लाइन भन्दा -६१ मा आएको देखिन्छ। हिस्टोग्राम पोजेटिभ २ मा आएको छ जुन हिजोको भन्दा सानो बनेको छ। एमएसिडी लाइनले माथिबाट तल तिर सिग्नल लाइन लाइ क्रस गर्न तल तिर फर्किएको छ। सिग्नल लाइन जिरो लाइन भन्दा तल -६३ आएको छ। समग्र मुभिङ्ग एभरेजलाई हेर्दा बजारमा आज बिक्रीको मोमेन्टम बढी भएको देखिन्छ।
३ .डाइरेक्सनल मुभमेन्ट
डाइरेक्सनल मुभमेन्ट इन्डिकेटरका अनुसार आज +१४ डिएमआई लाइन तलतिर फर्किएको छ भने -१४ डिएमआई माथि फर्किएको छ। सिग्नल लाइन – डिएमआई लाइन लाइ क्रस नगरी पुनः तलतिर निरन्तर गएको छ जसले ट्रेन्ड निरन्तर हुन सक्ने जनाउँछ । -१४ डिएमआई लाईन तल बाट माथि फर्किएको देखिन्छ जसले बजारमा बिक्री बढेको बुझ्न सकिन्छ।
४. क्यान्डलस्टिक
आज नेप्सेले बियरिश क्यान्डल बनाएको छ जसले बजारमा बिक्री बढेको देखाउँछ।
५. क्युमुलेटिभ एडी लाईन
क्युमुलेटिभ एडी लाइन -४६३१ देखि घटेर -४८११ मा आएको छ। नेप्सेको कुल भोल्युम ३१३५७४८ रहेको छ जुन २१ दिन मुभिङ एभरेज भोल्युम(३३८०३४५) को ९३ प्रतिशत देखिएको छ।
नेप्से आज लोवर ब्याण्ड भन्दा माथि २३०७ मा क्लोज भएको छ। एमएसिडी लाइन जिरो लाइन भन्दा तल -६१ मा आएको छ र सिग्नल लाईन पनि जिरो लाइन तल -६३ मा देखिएको छ भने हिस्टोग्राम पोजेटिभ २ मा पुगेको छ जसले बजारमा बिक्री बढेको बुझ्न सकिन्छ।
-१४ डिएमआई लाइन माथि फर्किएको छ भने +१४ डिएमआई लाईन तल तिर लागेको छ र एडिएक्स लाइन – १४ डीएमआइ लाइनलाइ छोएर पुनः तलतिर निरन्तर लागिरहेको छ जसले ट्रेन्ड निरन्तर हुनसक्ने जस्तो देखिएको छ। आज बजारमा बिक्रीकर्ताको मोमेन्टम बढी रहेको सङ्केत गर्छ। आरएसआइ आज ३७ बाट घटेर ३३ मा पुगेको छ आरएसआइको मोमेन्टम घटेको जनाउँछ।
नेप्सेको आगामी दिनको नजिकको सपोर्ट २२८७ देखिन्छ भने नेप्सेको नजिकको अवरोध २३७० को एरिया रहेको देखिन्छ।
Comments