नेप्सेमा भारी गिरावट

आज सोमबार नेप्सेमा भारी अंकको गिरावट देखिएको छ।

कारोबार खुलेको समयबाट निरन्तर ओरालिएको नेप्से ३७ अंकले घटेर २३१८ सम्म आएको छ। अहिले १ बजेको अपडेट अनुसार करिब ६० करोडको कारोबार भएको छ भने नेप्से २३२० को आसपास चलिरहेको देखिन्छ।

आज सर्वाधिक कारोबार गरेको युनियन हाइड्रो पावर १ लाख १० हजार कित्ताको खरिदबिक्री ९% ले घटेर भएको हो। यस्तै, जल्पा लघुवित्तले आज पनि सर्किट लेभलमा कारोबार गर्दा ८० कित्ताको मात्र खरिदबिक्री भएको छ भने ग्रिन भेन्चरको ७% घटेर कारोबार भएको देखिन्छ।

Comments

Back to top