प्राविधिक र गैर-प्राविधिकका लागि रोजगारी अवसर

प्रदेश नं. १ (सूचना सञ्चार प्रविधि तथा प्रकाशन शाखा) प्रदेश लोक सेवा आयोगले छैठौं तहका अधिकृत (प्राविधिक र गैर-प्राविधिक) को (खुला र समावेशी) मा प्रतिस्पर्धात्मक परीक्षामार्फत पदपूर्ती गर्नुपर्ने भएकोले योग्य नेपाली उम्मेदवारहरूबाट आवेदनहरू आह्वान गरेको छ। तोकिएको न्यूनतम योग्यता पुगेका उम्मेदवारहरूले आयोगको www.ppsconline.p1.gov.np मा रहेको अनलाइन आवेदन प्रणाली मार्फत आवेदन दिनुपर्नेछ।

प्रतिस्पर्धात्मक परीक्षाबाट छनोट भएका उम्मेदवारहरूलाई प्राथमिकताको क्रम अनुसार स्थानीय तहमा सिफारिस गरिनेछ। यसरी सिफारिस भएका उम्मेदवारहरूलाई सम्बन्धित स्थानीय तहमा स्थायी नियुक्ति दिइनेछ। सेवा सर्त र तलब र अन्य सुविधा प्रचलित कानून बमोजिम हुनेछ।

सूचना नं. १०४/२०७८-७९ , मिति २०७९/०१/१९ सोमबार

Comments

Back to top