प्रिओपन सेसनमा नेप्से २ अंकले बढ्यो

आज सोमबार प्रिओपन सेसनमा नेप्से २ अंकले बढेको छ।

गत साता २३५६ मा बन्द भएको नेप्से आज प्रिओपन सेसनमा २३५८ मा खुलेको हो। करिब ७६० कित्ता सेयर खरिद बिक्री हुँदा २ लाख ६१ हजार बराबरको कारोबार भएको देखिन्छ।

आज प्रिओपन सेसनमा ११ कम्पनिको कारोबार हुँदा  सर्वाधिक कारोबार गरेको कम्पनी अपि पावरको २४० कित्ताको खरिदबिक्री भएको छ।

Comments

Back to top