बालबालिकामा हुने क्यान्सरका लक्षणहरु कस्ता हुन्छन् ?

बालबालिकामा हुने क्यान्सर विभिन्न प्रकारका हुन्छन्। ती मध्ये सबैभन्दा धेरै देखिएको रक्त क्यान्सर हो। बालबालिकामा हुने क्यान्सर जति चाँडो पत्ता लाग्यो त्यति नै प्रभावकारीरुपमा उपचार गर्न सकिने विज्ञहरु बताउँछन् । आउनुहोस् जानौँ ती लक्षणहरुको बारे जसले गर्दा चाडैंनै क्यान्सर निको पार्न सकियोस् ।

ती क्यान्सरका लक्षणहरु यस प्रकार छन् :

-रगतको कमी भई छाला सेतो देखिनु

– त्यत्तिकै रगत बग्नु

-असाधारण रूपमा तौल घट्नु

-आँखाको सेतो नानी डेडो हुनु

-दृष्टि गुमाउनु

-शरीर सुन्निनु

-पेट असामान्य रूपमा फुल्नु

-विशेष गरी बिहान अत्यधिक टाउको दुख्नु र बान्ता हुनु

-हड्डी दुख्नु,

-चोट नलागी सुन्निनु

-चाँडो गल्नु, थकित हुनु र झोक्राउनु

-चक्कर लाग्नु

-शरीर सन्तुलनमा राख्न नसक्नु

स्रोतः स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

Comments

Back to top