समृद्धि फाइनान्सको नबिकेको हकप्रदको कट अफ प्राइस २०५ रुपैयाँ
समृद्धि फाइनान्सको नबिकेको हकप्रद शेयरमा बोलकबोल लिलाम आह्वान गर्दा सर्वसाधारण समुहको सेयर न्युनतम २०५ रुपैयाँमा बिक्री भएको छ । त्यस्तै संस्थापक समुहको १०१ रुपैयाँमा बिक्री भएको छ । नबिकेको हकप्रद सेयरमा लिलाम आवेदन गर्दा लगानीकर्ताले दिने आवेदनका आधारमा संस्थापक समुह तर्फको कट अफ प्राइस १०१ रुपैयाँ र सर्वसाधारण समुह तर्फको २०५ रुपैयाँ रहेको छ ।
फाइनान्सले चैत २९ गतेदेखि वैशाख ७ गतेसम्म नबिकेको ९ लाख ४० हजार कित्ता से यर बिक्रीका लागि बोलकबोल आह्वान गरेको थियो । संस्थाले फागुन ८ गतेदेखि २९ गते सम्म चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद सेयर निष्काशन गर्दा संस्थापक समुह तर्फको ८ लाख ६७ हजार र सर्वसाधारण समुह तर्फको ७३ हजार १०० कित्ता सेयर बिक्री हुन सकेको थिएन ।
Comments