नेप्सेको साप्ताहिक प्राविधिक विश्लेषण, क्यान्डल बन्यो इन्भर्टेड ह्याम्मर
गत साता ३.७२% ले घटेको नेप्से यो साता भने १.३२% ले बढेको छ। यस साताको पहिलो कारोबार दिन आइतबार २३३१ को बिन्दुमा खुलेको नेप्से ९५ ले बढेर २४२० मा पुगेको थियो र त्येस पश्चात लगातार ओरालो लागेको नेप्से साताको अन्तिम कारोबार दिन बिहिबार २० अंकले घटेर नेप्से २३५६ को बिन्दुमा बन्द भएको छ। साताको सुरु दिन बाटै कारोबारमा वृद्धि आएको बजारमा मंगलबार भने करिब १ अर्बको मात्र कारोबार गरेको थियो जुन डेढ वर्ष यताको न्यून कारोबार हो । पहिलो दिन भारि अंकले बढेको नेप्से दोस्रो दिन भने ३४ अंकले घट्यो र अन्तिम दिन २० अंकले घटेको हो भने यस साताभरि नेप्से लाइ हेर्दा बजारमा ३० अंकको वृद्धि भएको देखिन्छ।
साताभरिमा २ उप-समुहहरु ओरालो लागेका छन् भने बाँकि ११ उप-समुहहरु उकालो लागेका छन्।
यस साताको टप गेनर्स (Top Gainers)
यस साताको टप लुजर्स (Top Losers)
यस साता सबै भन्दा धेरै कित्ता कारोबार भएका टप दश कम्पनीहरु (Top Traded Stocks By Units )
टप ब्रोकर
प्राविधिक विश्लेषण
अघिल्लो साता बियरिस क्यान्डल बनाउदै ओरालो लागेको नेप्से यस साता भने इन्भर्टेड ह्याम्मर क्यानडल बनाएको देखिन्छ। यस साताको क्लोजिंगले लोवर ब्याण्ड भन्दा माथि क्लोज गरेको छ तर लोवर ब्याण्ड फराकिलो हुँदै गएको देखिन्छ जसले बजारमा उतारचढाव भएको र बिक्री बढेको जनाउँछ। एमएसिडि लाइन जिरो लाइन भन्दा तल -८४ मा आएको छ जहाँ अघिल्लो साता -७४ मा थियो। सिग्नल लाइन पनि जिरो लाइन भन्दा तल -४७ मा आएको छ र हिस्टोग्राम पनि पुनः नेगेटिभ बनाएको देखिन्छ जसले बजारमा बिक्रीकर्ता बढी भएको जनाउँछ। -१४ डिएमआई लाईन, +१४ डिएमआई लाईन भन्दा माथि रहेको देखिन्छ जसले बजारमा सेलिङ मोमेन्टम बढेको जनाउँछ । आरएसआइ ३५ बाट बढेर ३७ मा आएको छ जसबाट आरएसआइको मोमेन्टम घटेको देखिन्छ ।
नेप्सेको आगामी दिनको नजिकको सपोर्ट २२८७ र २२६० बीचको लेभल रहेको देखिन्छ भने नेप्सेको आगामी दिनको अवरोध २४०० को लेबल हुन आउँछ।
Comments