मञ्जुश्री फाइनान्सको संस्थापक सेयर बिक्री खुला
मञ्जुश्री फाइनान्सको संस्थापक सेयरको वैशाख १५ गतेदेखि बिक्री खुला भएको हो । कम्पनीले विद्यमान संस्थापक सेयरधनीहरुले मात्र खरिद गर्न पाउने गरी सेयर बिक्रीमा ल्याएको हो ।
कम्पनीले विभिन्न संस्थापक सेयरधनीको नाममा रहेको उक्त सेयर बिक्री गर्न ३५ दिने सूचना जारी गरेको छ । उक्त सेयरको प्रतिकित्ता मूल्य र सेयर संख्या भने तोकिएको छैन ।
यस सेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीहरुले आगामी ३५ दिनभित्र आवश्यक प्रमाण कागजातहरु संलग्न कम्पनीको केन्द्रीय कार्यालय बानेश्वर, काठमाडौंमा निवेदन दिनु पर्ने हुन्छ ।
तोकिएको अवधिभित्र विद्यमान संस्थापक सेयरधनीहरुबाट आवेदन प्राप्त नभएमा नियम अनुसार अन्य व्यक्ति तथा संस्थाहरुलाई बिक्री गरिने जनाईएको छ ।
Comments