नेप्सेमा २० अंकको गिरावट, मात्र डेढ अर्बको कारोबार !

आज बिहिबार २० अंकले घटेर ०.८४ % गिरावटको साथ नेप्से परिसूचक २३५६.१७ अंकमा बन्द भएको छ। कारोबार भएका २२६ कम्पनीमध्ये २५ कम्पनी उकालो लागेका छन्, १६३ कम्पनी ओरालो लागेका छन् र ७ कम्पनी स्थिर रहेका छन्।

कारोबार भएका तेह्र उप-समूहमध्ये सबै उप-समुहहरुको सेयर मूल्य ओरालो लागेका छन्।

बजार पुँजीकरण घटेर ३३ खर्ब ५१ अर्ब पुगेको छ।

प्रमुख कारोबार

प्राविधिक विश्लेषण

NEPSE Daily Update: April 28, 2022

प्राविधिक विश्लेषण सूचक

१. बोलिन्जर ब्याण्ड

आज बोलिन्जर ब्याण्डको अपर र लोवर ब्याण्डको अन्तर घटेको विश्लेषणले देखाउँछ (आजको फरकः२७६) जसले बजारमा भोलाटाइलिटी घटेको इङ्गित गर्दछ। बजार आज लोवर ब्याण्ड भन्दा माथि २३५६ मा बन्द भएको छ। आज बजारमा बिक्री बढेको देखिन्छ  ।

२. मुभिङ एभरेज कन्भर्जेन्स डाइभर्जेन्स

मुभिङ एभरेज कन्भर्जेन्स डाइभर्जेन्स विश्लेषणले एमएसिडि लाइन जिरो लाइन  भन्दा तल -५९ मा आएको  देखाउँछ। हिस्टोग्राम पोजिटिव ५ मा आएको छ। एमएसिडी लाइन  तलबाट माथितिर जाँदै सिग्नल लाइनलाई क्रस गरेको देखिन्छ।  सिग्नल लाइन जिरो लाइन भन्दा तल  -६४ मा छ। समग्र मुभिङ्ग एभरेजलाई हेर्दा बजारमा आज बिक्री बढेको देखिन्छ।

३ .डाइरेक्सनल मुभमेन्ट

डाइरेक्सनल मुभमेन्ट इन्डिकेटरले आज +१४ डिएमआई लाइन तलबाट घुमेर माथितिर गईरहेको र  -१४ डिएमआई माथिबाट घुमेर तल गएको देखाउँछ।  सिग्नल लाइन -१४ डिएमआई लाइनलाई काटेर तलतिर फर्किएको  छ जसले ‘ट्रेन्ड निरन्तर’ हुन सक्ने जनाउँछ।  -१४ डिएमआई लाईन तलतिर गइरहेको देखिन्छ जसले बिक्री बढेको बुझ्न सकिन्छ।

४. क्यान्डलस्टिक

आज नेप्सेले बियरिश  क्यान्डल  बनाएको छ जसले बजारमा बिक्री बढेको देखाउँछ।

५. क्युमुलेटिभ एडी लाईन

NEPSE Daily Update: April 28, 2022

क्युमुलेटिभ एडी लाइन  -४४९३ देखि घटेर -४६३१ मा आएको छ। नेप्सेको कुल भोल्युम ३१५२६०५ रहेको छ जुन २१ दिन मुभिङ एभरेज भोल्युम (३३८३९९२)  को ९३ प्रतिशत देखिएको छ।

नेप्सेआज लोवर ब्याण्ड भन्दा माथि २३५६.२०  मा क्लोज भएको छ । एमएसिडी लाइन जिरो लाइन भन्दा  तल -५९ मा आएको छ र  सिग्नल लाईन पनि जिरो लाइन तल -६४ मा देखिएको छ  भने हिस्टोग्राम  पोजिटिव ५ मा पुगेको छ जसले बजारमा सामान्य खरिद बढेको देखिन्छ।

-१४ डिएमआई लाइन तल फर्किएको छ र  +१४ डिएमआई लाईन  बाट घुमेर तल तिर झूकेको  र सिग्नल लाइन -१४ डिएमआई लाइनलाई छोएर तल तिर फर्किएको  छ जसले ‘ट्रेन्ड निरन्तर’ हुन सक्ने जनाउँछ । आज बजारमा बिक्रीकर्ताले खरिदकर्तालाई उछिनेको देखिन्छ। आरएसआइ आज ३९.६४ बाट घटेर ३७.७२  मा आएको छ जसले आरएसआइको मोमेन्टम घटेको जनाउँछ ।

नेप्सेको आगामी दिनको नजिकको सपोर्ट २३४० को एरिया रहेको देखिन्छ नेप्सेको नजिकको  अवरोध २४२० को एरिया रहेको देखिन्छ।

Comments

Back to top