शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको संस्थापक सेयर बिक्रीमा
शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडले ४५ हजार ९९१ कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको हो । बैंकले उक्त सेयर संस्थापक सेयरधनीहरुसँगै अन्य जो कोही व्यक्ति तथा संस्थाहरुले समेत खरीद गर्न पाउने गरी वैशाख १४ गतेदेखि बिक्री खुला गरेको हो ।
सेयरको मूल्य प्रतिकित्ता १८५ रुपैयाँ तोकिएको छ । ईच्छुक खरिदकर्ताहरुले वैशाख २२ गते कार्यालय समयभित्र एनआईसी एशिया क्यापिटल लिमिटेडको कार्यालय बबरमहल, काठमाडौंमा आवेदन पेश गर्नु पर्नेछ ।
आवेदकहरुले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्ने व्यवस्था छ । सेयर खरीदका लागि बोलकबोल गर्दा न्यूनतम एक हजार कित्ता र अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिनेछ ।
Comments