नेप्सेले बनायो ‘ह्याम्मर क्यान्डल’, डाउनट्रेण्ड अन्त्य हुने संकेत !
आज बुधबार ५.१७ अंकले बढेर ०.२२ % वृद्धिको साथ नेप्से परिसूचक २३७६.१७ अंकमा बन्द भएको छ। कारोबार भएका २२८ कम्पनीमध्ये १०८ कम्पनी उकालो लागेका छन्, ६९कम्पनी ओरालो लागेका छन् र १९ कम्पनी स्थिर रहेका छन्।
कारोबार भएका तेह्र उप-समूहमध्ये ४ उप-समुहहरुको सेयर मूल्य ओरालो लागेका छन् भने ९ उप-समुहहरुको सेयर मूल्य उकालो लागेका छन्।
बजार पुँजीकरण बढेर ३३ खर्ब ८० अर्ब पुगेको छ।
प्रमुख कारोबार
प्राविधिक विश्लेषण
प्राविधिक विश्लेषण सूचक
१. बोलिन्जर ब्याण्ड
आज बोलिन्जर ब्याण्डको अपर र लोवर ब्याण्डको अन्तर घटेको विश्लेषणले देखाउँछ (आजको फरकः२८७) जसले बजारमा भोलाटाइलिटी घटेको इङ्गित गर्दछ। बजार आज लोवर ब्याण्ड भन्दा माथि २३७६ मा बन्द भएको छ। आज बजारको अन्तिममा खरिद बढेको देखिन्छ ।
२. मुभिङ एभरेज कन्भर्जेन्स डाइभर्जेन्स
मुभिङ एभरेज कन्भर्जेन्स डाइभर्जेन्स विश्लेषणले एमएसिडि लाइन जिरो लाइन भन्दा तल -६० मा आएको देखाउँछ। हिस्टोग्राम पोजिटिव ५ मा आएको छ। एमएसिडी लाइन तलबाट माथितिर जाँदै सिग्नल लाइनलाई क्रस गरेको देखिन्छ। सिग्नल लाइन जिरो लाइन भन्दा तल -६५ मा छ। समग्र मुभिङ्ग एभरेजलाई हेर्दा बजारमा आज बिक्रीभन्दा खरिद बढेको देखिन्छ।
३ .डाइरेक्सनल मुभमेन्ट
डाइरेक्सनल मुभमेन्ट इन्डिकेटरले आज +१४ डिएमआई लाइन माथि बाट घुमेर तल तिर झूकेको र -१४ डिएमआई तल बाट फर्किएर माथि गएको देखाउँछ। सिग्नल लाइन -१४ डिएमआई लाइनलाई काटेर तल तिर फर्किएको छ जसले ‘ट्रेन्ड निरन्तर’ हुन सक्ने जनाउँछ। -१४ डिएमआई लाईन माथि तिर गइरहेको देखिन्छ जसले सामान्य बिक्री बढेको बुझ्न सकिन्छ।
४. क्यान्डलस्टिक
आज नेप्सेले ह्याम्मर क्यान्डल बनाएको छ जसले ‘डाउनट्रेन्ड’ अन्त्य हुने सङ्केत गर्छ।
५. क्युमुलेटिभ एडी लाईन
क्युमुलेटिभ एडी लाइन -४५३२ देखि बढेर -४४९३ मा आएको छ। नेप्सेको कुल भोल्युम २२९७१९१ रहेको छ जुन २१ दिन मुभिङ एभरेज भोल्युम (३४४१२२१ ) को ६७ प्रतिशत देखिएको छ।
नेप्सेआज लोवर ब्याण्ड भन्दा माथि २३७६.१७ मा क्लोज भएको छ । एमएसिडी लाइन जिरो लाइन भन्दा तल -६० मा आएको छ र सिग्नल लाईन पनि जिरो लाइन तल -६५ मा देखिएको छ भने हिस्टोग्राम पोजिटिव ५ मा पुगेको छ जसले बजारमा सामान्य खरिद बढेको देखिन्छ।
-१४ डिएमआई लाइन माथि फर्किएको छ र +१४ डिएमआई लाईन माथि बाट घुमेर तल तिर झूकेको र सिग्नल लाइन -१४ डिएमआई लाइनलाई छोएर तल तिर फर्किएको छ जसले ‘ट्रेन्ड निरन्तर’ हुन सक्ने जनाउँछ । आज बजारमा बिक्रीकर्ता र खरिदकर्ताबीच होडबाजी चलेको देखिन्छ। आरएसआइ आज ३८.८३ बाट बढेर ३९.६४ मा आएको छ जसले आरएसआइको मोमेन्टम बढेको जनाउँछ ।
नेप्सेको आगामी दिनको नजिकको सपोर्ट २३५० को एरिया रहेको देखिन्छ नेप्सेको नजिकको अवरोध २४२० को एरिया रहेको देखिन्छ।
Comments