चुनावी माहौलले पनि नेप्सेमा रौनक ल्याउन सकेन, १५ अंकको गिरावट !
आज मंगलबार १५.०२ अंकले घटेर ०.६३ % गिरावटको साथ नेप्से परिसूचक २३७०.९९ अंकमा बन्द भएको छ। कारोबार भएका २२८ कम्पनीमध्ये ३५ कम्पनी उकालो लागेका छन्, १५६ कम्पनी ओरालो लागेका छन् र ५ कम्पनी स्थिर रहेका छन्।
कारोबार भएका तेह्र उप-समूहमध्ये ११ उप-समुहहरुको सेयर मूल्य ओरालो लागेका छन् भने मात्र २ उप-समुहहरुको सेयर मूल्य उकालो लागेका छन्।
बजार पुँजीकरण घटेर ३३ खर्ब ७२ अर्ब पुगेको छ।
प्रमुख कारोबार
प्राविधिक विश्लेषण
प्राविधिक विश्लेषण सूचक
१. बोलिन्जर ब्याण्ड
आज बोलिन्जर ब्याण्डको अपर र लोवर ब्याण्डको अन्तर घटेको विश्लेषणले देखाउँछ (आजको फरकः३००) जसले बजारमा भोलाटाइलिटी घटेको इङ्गित गर्दछ। बजार आज लोवर ब्याण्ड भन्दा माथि २३७० मा बन्द भएको छ। आज बजारमा खरिद भन्दा बिक्री बढेको देखिन्छ ।
२. मुभिङ एभरेज कन्भर्जेन्स डाइभर्जेन्स
मुभिङ एभरेज कन्भर्जेन्स डाइभर्जेन्स विश्लेषणले एमएसिडि लाइन जिरो लाइन भन्दा तल -६३ मा आएको देखाउँछ। हिस्टोग्राम बढेर नेगेटिभ ३ मा आएको छ। एमएसिडी लाइन तलबाट माथितिर जाँदै सिग्नल लाइनलाई क्रस गरेको देखिन्छ। सिग्नल लाइन जिरो लाइन भन्दा तल -६७ मा छ। समग्र मुभिङ्ग एभरेजलाई हेर्दा बजारमा आज बिक्री बढेको देखिन्छ।
३ .डाइरेक्सनल मुभमेन्ट
डाइरेक्सनल मुभमेन्ट इन्डिकेटरले आज +१४ डिएमआई लाइन माथि बाट थोरै घुमेर तल तिर झुक्न खोजेको र -१४ डिएमआई तल बाट फर्किएर माथि जादै गरेको देखाउँछ। सिग्नल लाइन -१४ डिएमआई लाइनलाई छोएर तल तिर फर्किएको छ जसले ‘ट्रेन्ड निरन्तर’ हुन सक्ने जनाउँछ। -१४ डिएमआई लाईन माथि तिर गइरहेको देखिन्छ जसले बिक्री बढेको बुझ्न सकिन्छ।
४. क्यान्डलस्टिक
आज नेप्सेले डोजी क्यान्डल बनाएको छ जसले बजारको दिशा निश्चित नभएको देखाउँछ।
५. क्युमुलेटिभ एडी लाईन
क्युमुलेटिभ एडी लाइन -४४११ देखि घटेर -४५३२ मा आएको छ। नेप्सेको कुल भोल्युम २२१६१५४ रहेको छ जुन २१ दिन मुभिङ एभरेज भोल्युम (३७०३६६३ ) को ६० प्रतिशत देखिएको छ।
नेप्सेआज लोवर ब्याण्ड भन्दा माथि २३७०.२१ मा क्लोज भएको छ । एमएसिडी लाइन जिरो लाइन भन्दा तल -६३ मा आएको छ र सिग्नल लाईन पनि जिरो लाइन तल -६७ मा देखिएको छ भने हिस्टोग्राम नेगेटिभ ३ मा पुगेको छ जसले बजारमा बिक्री बढेको देखिन्छ।
-१४ डिएमआई लाइन माथि फर्किएको छ र +१४ डिएमआई लाईन पनि माथि तिर फर्किएको देखिन्छ र सिग्नल लाइन -१४ डिएमआई लाइनलाई छोएर तल तिर फर्किएको छ जसले ‘ट्रेन्ड निरन्तर’ हुन सक्ने जनाउँछ । आज बजारमा बिक्रीकर्ताको मोमेन्टम बढेको देखिन्छ। आरएसआइ आज ४०.२४ बाट घटेर ३८.८३ मा आएको छ जसले आरएसआइको मोमेन्टम घटेको जनाउँछ ।
नेप्सेको आगामी दिनको नजिकको सपोर्ट २३३० को एरिया रहेको देखिन्छ नेप्सेको नजिकको अवरोध २४२० को एरिया रहेको देखिन्छ।
Comments