काठमाडौं क्यापिटलले डाक्यो साधारणसभा, १५.७९ % नगद लाभांशको प्रस्ताव

काठमाडौं क्यापिटलले जेठ ६ गते चौथो वार्षिक साधारणसभा डाकेको छ । सभाले सञ्चाल समितिले प्रस्ताव गरे बमोजिम २०७८ असार मसान्तसम्म कायम चुक्ता पूँजी १८ करोड ५६ लाख रुपैयाँको १५.७९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

क्यापिटलले कर प्रयोजन सहित २ करोड ९३ लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने भएको छ । संस्थापक सेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ७ जना सञ्चालकहरुको निर्वाचन गर्नेछ ।

क्यापिटलको सहायक कम्पनी के.सी.एल अस्ट्यूट क्यापिटलले आर्थिक वर्ष २०७६/७७ को वित्तीय विवरण सहितको एकीकृत वित्तीय विवरण उपर छलफल गरी स्वीकृत गर्ने जनाईएको छ।

Comments

Back to top