उपकार लघुवित्तको आइपिओ शुक्रवार बाँडफाँड गरिने

उपकार लघुवित्त वित्तीय संस्थाको आइपिओ शुक्रवार बाँडफाँड गरिने भएको छ । संस्थाको धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धक एसबिआई मर्चेन्ट बैंकिङका अनुसार बैशाख ९ गते विहान ८ बजे बाँडफाँड हुनेछ । संस्थाले चैत २५ गदेखि ३० गतेसम्म सर्वसाधारणका लागि प्राथमिक सेयर जारी गरेको थियो ।

संस्थाले सर्वसाधारण समुह तर्फको २ लाख ३६ हजार २५० कित्ता मध्ये कर्मचारीहरुको लागि ३ हजार ३८१ कित्ता र सामुहिक लगानीकोषका लागि ११ हजार ८१३ कित्ता सेयर बाँडफाँड गर्नेछ ।

बाँकी २ लाख २१ हजार १५६ कित्ता सर्वसाधारणका लागि बाँडफाँड गर्नेछ । उक्त सेयर २२ हजार ११५ जनाले मात्रै पाउने छन् । उनिहरु मध्ये थप ६ जनाले एक एक कित्ता गरी ११ कित्ता पाउने छन् । संस्थाले गोलाप्रथाबाट सेयर बाँडफाँड गर्नेछ ।

संस्थाको आइपिओमा २४ लाख ३१ हजार १७० जनाले २ करोड ७५ लाख ६५ हजार २३० कित्ताको लागि आवेदन दिएका थिए ।

Comments

Back to top