नेप्सेले बनायो ‘डोजी’ क्यान्डल, के अब ‘ट्रेण्ड रिभर्स’ होला ?

आज मंगलबार १३.३७ अंकले बढेर ०.५७ % वृद्धिको साथ नेप्से परिसूचक २३५७.२४ अंकमा बन्द भएको छ। कारोबार भएका २२९ कम्पनीमध्ये १२५ कम्पनी उकालो लागेका छन्, ५१ कम्पनी ओरालो लागेका छन् र १९ कम्पनी स्थिर रहेका छन्।

कारोबार भएका सबै तेह्र उप-समुहहरुको सेयर मूल्य उकालो लागेका छन्।

बजार पुँजीकरण बढेर ३३ खर्ब ४३ अर्ब पुगेको छ।

प्रमुख कारोबार

प्राविधिक विश्लेषण

NEPSE Daily Update: April 19, 2022

प्राविधिक विश्लेषण सूचक

१. बोलिन्जर ब्याण्ड

आज बोलिन्जर ब्याण्डको अपर र लोवर ब्याण्डको अन्तर बढेको  विश्लेषणले देखाउँछ (आजको फरकः३७८) जसले बजारमा भोलाटाइलिटी बढेको  इङ्गित गर्दछ। बजार आज लोवर ब्याण्ड भन्दा माथि २३५७ मा बन्द भएको छ। आज बजारमा सामान्य बिक्री बढेको देखिन्छ ।

२. मुभिङ एभरेज कन्भर्जेन्स डाइभर्जेन्स

मुभिङ एभरेज कन्भर्जेन्स डाइभर्जेन्स विश्लेषणले एमएसिडि लाइन जिरो लाइन  भन्दा -७३ मा आएको  देखिन्छ। हिस्टोग्राम  नेगेटिभ  १० मा आएको छ जुन हिजोको भन्दा सानो बनेको छ। एमएसिडी लाइनले  माथिबाट तलतिर सिग्नल लाइनलाई क्रस गरेर तल निरन्तर गएको  देखिएको छ।  सिग्नल लाइन जिरो लाइन भन्दा तल  -६२ आएको छ। समग्र मुभिङ्ग एभरेजलाई हेर्दा बजारमा आज खरिदकर्ता र बिक्रीकर्ता बीच होडबाजी भएको देखिन्छ।

३ .डाइरेक्सनल मुभमेन्ट

डाइरेक्सनल मुभमेन्ट इन्डिकेटरले आज +१४ डिएमआई लाइन तलतिर फर्किएको छ भने  -१४ डिएमआई माथि फर्किएको  छ।  सिग्नल लाइन   +१४डिएमआई लाइन लाइ क्रस गरेर माथि तिर निरन्तर गएको छ जसले ट्रेन्ड निरन्तर हुन सक्ने जनाउँछ ।  -१४ डिएमआई लाईन तल बाट माथि फर्किएको देखिन्छ  जसले सामान्य बिक्री बढेको बुझ्न सकिन्छ। 

४. क्यान्डलस्टिक

आज नेप्सेले डोजी क्यान्डल बनाएको छ जसले  बजारको कुनै दिशा निश्चित नभएको जनाउँछ।

५. क्युमुलेटिभ एडी लाईन

NEPSE Daily Update: April 19, 2022

क्युमुलेटिभ एडी लाइन  -४३८१ देखि -४३०७ मा आएको छ। नेप्सेको कुल भोल्युम २८०२८५० रहेको छ जुन २१ दिन मुभिङ एभरेज भोल्युम(३८५६९६९)  को ७३ प्रतिशत देखिएको छ।

नेप्से आज लोवर  ब्याण्ड  भन्दा माथि २३५७ मा क्लोज भएको छ। एमएसिडी लाइन जिरो लाइन भन्दा  तल -७३ मा आएको छ र  सिग्नल लाईन पनि जिरो लाइन तल -६२ मा देखिएको छ  भने हिस्टोग्राम नेगेटिभ -१० मा पुगेको छ जसले बजारमा हिजोको तुलनामा बिक्री सामान्य भएको बुझ्न सकिन्छ।

-१४ डिएमआई लाइन माथि फर्किएको छ भने +१४ डिएमआई लाईन तल तिर लागेको छ  र एडिएक्स लाइन + १४ डीएमआइ लाइनलाइ क्रस गरेर माथितिर  निरन्तर लागिरहेको छ  जसले  ट्रेन्ड निरन्तर  हुनसक्ने जस्तो देखिएको छ। आज बजारमा बिक्रीकर्ताको  मोमेन्टम सामान्य रहेको सङ्केत गर्छ। आरएसआइ आज २८  बाट बढेर ३० मा पुगेको छ आरएसआइको मोमेन्टम सामान्य बढेको जनाउँछ र  बजार यतिबेला ओभर सोल्ड जोनमा रहेको बुझ्न सकिन्छ।

नेप्सेको आगामी दिनको नजिकको सपोर्ट २३१५ को एरिया रहेको देखिन्छ भने नेप्सेको नजिकको  अवरोध २३७५ को एरिया रहेको देखिन्छ।

Comments

Back to top