नेपाल बंगलादेश बैंक जेठभित्रै नबिलमा गाभिने

नबिलमा नेपाल बंगलादेश (एनबी) बैंक आगामी जेठ महिनाभित्रै गाभिने भएको हो। त्यसको लागि अहिले आवश्यक प्रक्रिया तीब्र रुपमा भइरहेको जनाईएको छ ।

नबिल बैंकका अध्यक्ष उपेन्द्र पौडेलले जेठमहिना भित्र बंगलादेश बैंकलाई गाभ्नका लागि आवश्यक कार्यहरु भइरहेको बताए।

यसअघि नबिल बैंकले एनबी बैंकलाई प्राप्ति गर्नका लागि भएको सम्झौतापत्रमा १००ः४३ को अनुपातमा खरिद गर्ने सहमति भएको थियो । तर, प्रारम्भिक रुपमा सम्पत्ति तथा दायित्वको मूल्याकन (डिडिए) भएपछि यसमा केही परिवर्तन हुन सक्ने सम्भावना रहेको पनि जानकारी गराइएको थियो ।

डिडिए रिर्पोटमा १० प्रतिशतसम्म तल माथि भएपनि एनबी बैंकको एक सय कित्ता बराबर ३४ कित्ता हुने गरेर स्वाप रेसियो कायम हुने र त्यो भन्दा पनि कम वा बढी भएमा मात्र स्वाप रेसियो तल माथि हुने भएको छ ।

नबिल बैंकमा एनबी बैंक गाभिने गरी सम्झौता भएपछि सेयर बजारमा एनबी बैंकको सेयर कारोबार रोक्का छ । नबिल बैंकको भने सेयर किनबेच भइरहेको छ । अहिले नबिल बैंकको सेयर प्रतिकित्ता ९७० रुपैयाँको हाराहारीमा कारोबार भइरहेको छ ।

Comments

Back to top