नेप्से प्रि-ओपनमा ७ अंकले बढ्यो !
नयाँ बर्षको पहिलो कारोबार दिन आइतबार आज नेप्से प्रिओपन सेसन ७ अंकले बढेर खुलेको छ।
गत साता अन्तिम दिन ३० अंकले बढेर २४१५ मा बन्द भएको नेप्से आज प्रिओपनमा १७ कम्पनीको मुल्य बढेर २४२२ मा खुलेको हो। करिब ११०० कित्ताको खरिद बिक्री हुँदा ४ लाख १९ हजार बराबरको कारोबार भएको देखिन्छ।
सर्वाधिक कारोबार गरेको अपि हाइड्रो पावरले ९०० कित्ता ३१६ मा कारोबार गरेको देखिन्छ।
Comments