अधिकांश वाणिज्य बैंकहरुको सेयर मूल्य ३०० भन्दा तल, लगानी गर्ने मौका

नेप्से परिसूचकमा गिरावट आएसँगै वाणिज्य बैंकको सेयर मूल्यपनि धेरै घटेको छ । नेप्सेमा कारोवार हुने २३ वाणिज्य बैंकहरुको आसौत मूल्य ३४९ दशमवल ४० रुपैयाँ मात्र छ । २३ वाणिज्य बैंक मध्ये नबिल बैंकको सेयर मूल्य सर्वाधिक ९७१ रुपैयाँ छ भने दोश्रोमा एनआईसी एशिया बैंकको शयर मूल्य ७५७ रुपैयाँ छ भने तेश्रोमा एभरेष्ट बैंकको सेयर मूल्य भने ५१९ रुपैयाँ छ।

१३ वाणिज्य बैंकको सेयर मूल्य ३०० मुनी आएको छ । यसरी ५६ प्रतिशत भन्दा धेरै वाणिज्य बैंकको सेयर मूल्य ३०० रुपैयाँ भन्दा मुनी रहेको छ। ३०० मुनी बजार मूल्य हुने वाणिज्य बैंकमा ग्लोबल आईएमई बैंक, एनएमबी बैंक, प्रभु बैंक, माछापुच्छ्रे बैंक, सिटिजन्स् बैंक, बैंक अफ काठमाण्डू, लक्ष्मी बैंक, सनराईज बैंक, मेगा बैंक, एनसीसी बैंक, कुमारी बैंक, सिभिल बैंक र सेञ्चुरी कर्मर्सियल बैंक रहेका छन् ।

प्रति सेयर आम्दानी, मूल्य आम्दानी अनुपात र अन्य आधारभूत पक्षलाई दाँजेर हेर्दा वाणिज्य बैंक “अण्डरभ्यालुड सेक्टर”को रुपमा लिन सकिन्छ । यसरी नयाँ लगानीकर्तालाई सेयर बजारको अनुभव लिनको लागि यस प्रकारका सेयरहरु उपयुक्त हुन सक्छन् ।

Comments

Back to top