वर्षको अन्तिम दिन नेप्से हरियो, आगामी वर्षमा बढ्ने संकेत !

आज २०७८ सालको अन्तिम कारोबार दिन बुधबार ३०.२४ अंकले बढेर  १.२७ % वृद्धि साथ नेप्से परिसूचक २४१५.२४ अंकमा बन्द भएको छ। कारोबार भएका २२९ कम्पनीमध्ये  १६४ कम्पनी उकालो लागेका छन्, २५ कम्पनी ओरालो लागेका छन् र ६ कम्पनी स्थिर रहेका छन्।

कारोबार भएका सबै तेह्र उप-समुहहरुको सेयर मूल्य उकालो लागेका छन्।

बजार पुँजीकरण बढेर ३४ खर्ब २६ अर्ब पुगेको छ।

प्रमुख कारोबार

प्राविधिक विश्लेषण

NEPSE Daily Update: April 13, 2022

प्राविधिक विश्लेषण सूचक

१. बोलिन्जर ब्याण्ड

आज बोलिन्जर ब्याण्डको अपर र लोवर ब्याण्डको अन्तर बढेको  विश्लेषणले देखाउँछ (आजको फरकः३४२) जसले बजारमा भोलाटाइलिटी सामान्य बढेको  इङ्गित गर्दछ। बजार आज लोवर ब्याण्ड भन्दा माथि २४१५ मा बन्द भएको छ। आज बजारमा सामान्य खरिद बढेको देखिन्छ ।

२. मुभिङ एभरेज कन्भर्जेन्स डाइभर्जेन्स

मुभिङ एभरेज कन्भर्जेन्स डाइभर्जेन्स विश्लेषणले एमएसिडि लाइन जिरो लाइन  भन्दा -६५ मा आएको  देखिन्छ। हिस्टोग्राम घटेको देखिन्छ जहाँ नेगेटिभ  -१२  बाट बढेर -१० मा आएको छ। एमएसिडी लाइन निरन्तर तलतिर गएको  देखिएको छ तर आज थोरै फर्किएको देखिन्छ।  सिग्नल लाइन जिरो लाइन भन्दा तल  -५४ आएको छ। समग्र मुभिङ्ग एभरेजलाई हेर्दा बजारमा आज सामान्य खरिद बढेको देखिन्छ।

३ .डाइरेक्सनल मुभमेन्ट

डाइरेक्सनल मुभमेन्ट इन्डिकेटरले आज +१४ डिएमआई लाइन तलतिर फर्किएको छ भने  -१४ डिएमआई माथि फर्किएको  छ।  सिग्नल लाइन   +१४डिएमआई लाइन लाइ क्रस गरेर माथि तिर निरन्तर जाँदै छ जसले ट्रेन्ड निरन्तर हुन सक्ने जनाउँछ ।  -१४ डिएमआई लाईन तल बाट माथि फर्किएको देखिन्छ  जसले बिक्री बढेको बुझ्न सकिन्छ।  

४. क्यान्डलस्टिक

आज नेप्सेले बुलिस ह्याम्मर जस्तै  क्यान्डल  बनाएको छ जसले  बजारमा सामान्य खरिद बढी भएको जनाउँछ।

५. क्युमुलेटिभ एडी लाईन

NEPSE Daily Update: April 13, 2022

क्युमुलेटिभ एडी लाइन  -४२०६ देखि बढेर -४०६२ मा आएको छ। नेप्सेको कुल भोल्युम २९५४८१७ रहेको छ जुन २१ दिन मुभिङ एभरेज भोल्युम(४०२२५०८)  को ७३ प्रतिशत देखिएको छ।

नेप्से आज लोवर  ब्याण्ड  भन्दा माथि २४१५ मा क्लोज भएको छ। एमएसिडी लाइन जिरो लाइन भन्दा  तल -६५ मा आएको छ र  सिग्नल लाईन पनि जिरो लाइन तल -५४ मा देखिएको छ  भने हिस्टोग्राम नेगेटिभ १०  मा पुगेको छ जसले बजारमा खरिद सामान्य बढेको देखिन्छ।

-१४ डिएमआई लाइन तल फर्किएको छ भने +१४ डिएमआई लाईन पनि तल तिर लागेको छ  र एडिएक्स लाइन + १४ डीएमआइ लाइनलाइ क्रस गरेर माथितिर  निरन्तर लागिरहेको छ  जसले  ट्रेन्ड निरन्तर  हुनसक्ने जस्तो देखिएको छ। आज  बजारमा बिक्रीकर्ताको  मोमेन्टम घटेको सङ्केत गर्छ। आरएसआइ आज २८ बाट बढेर ३३ मा पुगेको छ आरएसआइको मोमेन्टम बढेको जनाउँछ।

नेप्सेको आगामी दिनको नजिकको सपोर्ट २३७० को एरिया रहेको देखिन्छ नेप्सेको नजिकको  अवरोध २५००  को एरिया रहेको देखिन्छ।

Comments

Back to top