नेप्सेमा ३४ अंकको झट्का, मात्र १.५२ अर्बको कारोबार !
आज मंगलबार ३४.७८ अंकले घटेर १.४४ % गिरावटको साथ नेप्से परिसूचक २३८५.०२ मा बन्द भएको छ। कारोबार भएका २३७ कम्पनीमध्ये १३ कम्पनी उकालो लागेका छन्, १७७ कम्पनी ओरालो लागेका छन् र ५ कम्पनी स्थिर रहेका छन्।
कारोबार भएका तेह्र उप-समुहमध्ये १२ उप-समुहको सेयर मूल्य ओरालो लागेका छन् भने एक मात्र उप-समुहको सेयर मूल्य उकालो लागेको छ।
प्रमुख कारोबार
प्राविधिक विश्लेषण
प्राविधिक विश्लेषण सूचक
१. बोलिन्जर ब्याण्ड
आज बोलिन्जर ब्याण्डको अपर र लोवर ब्याण्डको अन्तर बढेको विश्लेषणले देखाउँछ (आजको फरकः३४०) जसले बजारमा भोलाटाइलिटी बढेको इङ्गित गर्दछ। बजार आज लोवर ब्याण्ड भन्दा माथि २३८५ मा बन्द भएको छ। आज पनि बजारमा बिक्री चाप बढेको देखिन्छ ।
२. मुभिङ एभरेज कन्भर्जेन्स डाइभर्जेन्स
मुभिङ एभरेज कन्भर्जेन्स डाइभर्जेन्स विश्लेषणले एमएसिडि लाइन जिरो लाइन भन्दा तल -६४ मा आएको देखिन्छ। हिस्टोग्राम -१२ मा आएको छ। एमएसिडी लाइनले माथिबाट तल तिर सिग्नल लाइनलाई क्रस गरेर तल गएको देखिएको छ। सिग्नल लाइन जिरो लाइन भन्दा तल -५१ आएको छ। समग्र मुभिङ्ग एभरेजलाई हेर्दा बजारमा आज पनि बिक्री बढी भएको देखिन्छ।
३ .डाइरेक्सनल मुभमेन्ट
डाइरेक्सनल मुभमेन्ट इन्डिकेटरले आज +१४ डिएमआई लाइन तलतिर फर्किएको छ भने -१४ डिएमआई माथि फर्किएको छ। सिग्नल लाइन +१४डिएमआई लाइनलाई क्रस गरेर माथि तिर निरन्तर जाँदै छ जसले ट्रेन्ड निरन्तर हुन सक्ने जनाउँछ । -१४ डिएमआई लाईन तल बाट माथि फर्किएको देखिन्छ जसले बिक्री बढेको बुझ्न सकिन्छ।
४. क्यान्डलस्टिक
आज नेप्सेले बियरिस क्यान्डल बनाएको छ जसले बजारमा बिक्री बढी भएको जनाउँछ।
५. क्युमुलेटिभ एडी लाईन
क्युमुलेटिभ एडी लाइन -४०४२ देखि घटेर -४२०६ मा आएको छ। नेप्सेको कुल भोल्युम ३१७७०११ रहेको छ जुन २१ दिन मुभिङ एभरेज भोल्युम(४२७६६२७) को ७४ प्रतिशत देखिएको छ।
नेप्से आज लोवर ब्याण्ड भन्दा माथि २३८५ मा क्लोज भएको छ। एमएसिडी लाइन जिरो लाइन भन्दा तल -६४ मा आएको छ र सिग्नल लाईन पनि जिरो लाइन तल -५१ मा देखिएको छ भने हिस्टोग्राम नेगेटिभ -१२ मा पुगेको छ जसले बजारमा बिक्री बढेको देखिन्छ।
-१४ डिएमआई लाइन माथि फर्किएको छ भने +१४ डिएमआई लाईन तल तिर लागेको छ र एडिएक्स लाइन + १४ डीएमआइ लाइनलाइ क्रस गरेर माथितिर निरन्तर लागिरहेको छ जसले ट्रेन्ड निरन्तर हुनसक्ने जस्तो देखिएको छ। आज पनि बजारमा बिक्रीकर्ताको मोमेन्टम बढेको सङ्केत गर्छ। आरएसआइ आज ३१ बाट घटेर २८.६ मा पुगेको छ आरएसआइको मोमेन्टम घटेको जनाउँछ र बजार ओभर सोल्ड जोनमा पुगेको बुझ्न सकिन्छ।
नेप्सेको आगामी दिनको नजिकको सपोर्ट २३५० को एरिया रहेको देखिन्छ नेप्सेको नजिकको अवरोध २४०८ को एरिया रहेको देखिन्छ।
Comments