मार्केट फेरी झर्यो: प्रि-ओपनको रौनक टिकेन !

आज सोमबार बजारमा ठुलो उछाल आउने आशा गरेका लगानीकर्ताहरु अहिले बजारको स्थिति देखेर दङ्ग परेका छन्। बजार खुलेको समयबाट बढ्न सुरु गरेको नेप्से ४५ अंकले बढेर २५०८ सम्म त पुग्यो तर केही समय पनि टिक्न सकेन र पुनः ओरालियो। अहिले १ बजेको अपडेट अनुसार नेप्से १२ अंकले घटेर २४५२ मा झरेको छ भने कारोबार १.१ अर्बको भएको देखिन्छ।

सर्वाधिक कित्ताको खरिदबिक्री गर्ने कम्पनीमा निफ्रा, अरुण भ्याली, एच.आइ.डी.सी.एल रहेका छन्। त्येस्तै, नेस्डो समृद्धि लघुवित्तले लगातार आज पनि सर्किट लेभल १८७० मा १८० कित्ताको कारोबार गरेको छ भने टप लुजरमा राष्ट्र उत्थान लघुवित्त र इमर्जिङ्ग नेपाल नेगेटिभ ८% मा खरिद बिक्री भएको देखिन्छ।

Comments

Back to top