समता घरेलु लघुवित्तले एफपीओ निष्काशन गर्ने
समता घरेलु लघुवित्त वित्तिय संस्थाले थप सार्वजनिक निष्काशनका लागि एनआईबिएल एस क्यापिटल लिमिटेडलाई प्रत्याभुतिकर्ताको रुपमा नियुक्त गरेको छ । यसका लागि यी दुई संस्थाबीच सम्झौता भएको छ ।
प्रत्याभूतिकर्ता नियुक्ती सम्बन्धी सम्झौता पत्रमा समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत डा मदन घिमिरे र एनआईबिएल एस क्यापिटल लिमिटेडको तर्फबाट नायब महाप्रवन्धक सचिन्द्र ढुंगानाले हस्ताक्षर गरेका हुन् ।
संस्थाले सर्वसाधारणका लागि जारी गर्न बाँकी २ लाख ८९ हजार ४४० कित्ता सेयर निष्काशान गर्न लागेको हो । कम्पनीले आफ्नो प्रबन्धपत्रमा भएको व्यवस्था बमोजिम सेयर संरचना ७०ः३० (संस्थापक : सर्वसाधारण) कायम हुने गरी थप सार्वजनिक निष्काशन गर्नका लागि सो तयारी गरेको हो ।
Comments