आरबिबि मर्चेन्ट बैंकिङ लिमिटेडमा रोजगारीको अवसर
आरबिबि मर्चेन्ट बैंकिङ लिमिटेडले मर्चेन्ट बैंकिङ क्षेत्रमा करियर बनाउनको लागि उत्प्रेरित र सक्षम इच्छुक नेपाली नागरिकहरूबाट आवेदनका लागि आह्वान गरेको छ।
पद: वरिष्ठ सहायक (IT): १
• मान्यता प्राप्त संस्था/विश्वविद्यालयबाट कम्तिमा दोस्रो डिभिजनको साथ कम्प्युटर विज्ञान वा आईटीमा स्नातक डिग्री भएको र न्यूनतम १ वर्षको अनुभव भएको हुनुपर्छ।
• कम्प्युटर नेटवर्किङ, र डाटाबेस व्यवस्थापनमा दक्ष हुनुपर्नेछ।
• लिखित/बोल्ने अंग्रेजी र नेपालीमा दक्ष हुनुपर्नेछ ।
• कम्तिमा २१ वर्ष भएको र ४० वर्ष ननाघेको हुनुपर्नेछ।
• २ पाङ्ग्रे सवारी चालक अनुमतिपत्र हुनेलाई विशेष प्राथमिकता दिईनेछ ।
तलब र सेवा सुबिधा : कम्पनीको नियमानुसार हुनेछ ।
माथिको मापदण्ड पूरा गर्ने उमेद्वारहरुलाई [email protected] मा CV र कभर लेटरको साथ आवेदन पेश गर्न अनुरोध गरिएको छ। छनोट प्रक्रियाको लागि सर्ट लिस्टमा परेका उम्मेद्वारहरूलाई मात्र सम्पर्क गरिनेछ।
फोन नम्बर: ९७७-१-५३४०९३२/३३, ५३४३२६५,
फ्याक्स : ९७७-१-५३४५०१८,
PO Box: 663
इमेल: [email protected],
वेबसाइट: www.rbbmbl.com.np
Comments