आरम्भ चौतारी र तारागाउँ होटेल्सको साधारण सभा आज हुँदै
आरम्भ चौतारी लघुवित्त वित्तीय संंस्था र तारागाउँ रिजेन्सी होटल्सले चैत २७ गते साधारण सभा गर्दैछन् । तारागाउँ रिजेन्सी होटलको २५औं साधारण सभा कम्पनीको रजिष्टर्ड कार्यालय काठमाडौंमा बिहान ११ बजे शुरु गर्ने जनाएको छ । कम्पनीको फागुन २० गते बसेको सञ्चालक समितिको बैठकले उक्त साधारण सभा भर्चुअल माध्यमबाट गर्ने कम्पनीले जनाएको छ ।
सभाको प्रस्तावमा २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने, कम्पनीको सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालकको नियुक्तीलाई अनुमोदन गर्ने, प्रबन्ध सञ्चालक र कार्यकारी सञ्चालकको पुनः नियुक्तीलाई अनुमोदन गर्ने प्रस्ताव पारित गर्नेछ ।
कम्पनीले साधारण सभा प्रयोजनका लागि चैत १२ गतेदेखि २७ गतेसम्म बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा चैत ११ गतेसम्म कायम सेयरधनीहरु मात्र सभामा भाग लिन पाउनेछन् ।
त्यसैगरी आरम्भ चौतारी लघुवित्तले चैत्र २७ गते आइतबार साधारणसभा आह्वान गरेको छ । कम्पनीले काभ्रेको बनेपा स्थित बनेपा पार्टी भेन्युमा सभा गर्ने जनाएको छ । कम्पनीले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट २१ प्रतिशत बोनश सेयर बितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ ।
सभाले आर्थिक वर्ष २०७७/७८ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित २०७८ आषाढ मसान्तसम्मको वासलात र आर्थिक वर्ष २०७७/७८ को नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण लगायतका वार्षिक वित्तीय विवरणहरु उपर छलफल गरी स्वीकृत गर्नेछ
सभाले लेखापरीक्षण समितिको सिफारिश वमोजिम आर्थिक वर्ष २०७८/७९ को लागि बाहृय लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने निर्णय पनि गर्नेछ । बहालवाला लेखापरीक्षक श्री प्रसिद्ध आचार्य प्रसिद्ध ए एण्ड एसोसिएट्स, चार्टर्ड एकाउन्टेन्ट्स् पुनः नियुक्त हुन योग्य हुने प्रस्ताव पारित गर्नेछ ।
सभामा संस्थाले साविक देउराली लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति गरे पश्चात संस्थापक सेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्नुहुने सञ्चालक श्री विनोद ज्ञवालीको नियुक्ति अनुमोदन गर्ने प्रस्ताव पेश हुनेछ ।
कम्पनीले साधारणसभा प्रयोजनको लागि चैत्र १७ गतेदेखि चैत्र २७ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले आज चैत्र १६ गतेसम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।
Comments