नेप्सेको साप्ताहिक गतिविधि र प्राविधिक विश्लेषण !

गत साता २.६५ % ले घटेको नेप्से यो साता  भने ३.१४% ले घटेको छ। यस साताको पहिलो कारोबार दिन आइतबार २५४४को बिन्दुमा खुलेको नेप्से, साताको अन्तिम कारोबार दिन बिहिबार ३५ अंकले बढेर नेप्से २४६४ को बिन्दुमा बन्द भएको छ। साताको सुरु दिन बाटै कारोबार साँघुरिदै आएको बजारमा बिहिबार पनि कारोबार खासै उछाल देखिएन। पहिलो दिन बाटै भारी अंकले घटेको नेप्से अन्तिम दिन मात्रै ३५ अंकले बढेको हो। नेप्से अघिल्लो साता बुधबार मात्रै वृद्धि भएको थियो।

यस साता कारोबार भएका १२ उप-समुहहरु ओरालो लागेका छन् भने एक मात्र उप-समुह उकालो लागेको छ।

यस साताको टप गेनर्स(Top Gainers)

यस साताको टप लुजर्स(Top Losers)

यस साता सबै भन्दा धेरै कित्ता कारोबार भएका टप दश कम्पनिहरु (Top Traded Stocks By Units )

टप ब्रोकर कारोबार

प्राविधिक विश्लेषण

अघिल्लो साता बियरिस क्यान्डल बनाउदै ओरालो लागेको नेप्सेले यस साता भने ह्याम्मर जस्तो क्यान्डल बनाएको देखिन्छ। यस साताको क्लोजिंगले  मिडल ब्याण्ड  भन्दा तल र लोवर ब्याण्ड भन्दा माथि क्लोज गरेको छ जसले बजारमा ठुलो उतारचढाव नभएको र बिक्री बढेको जनाउँछ। एमएसिडि लाइन जिरो लाइन भन्दा तल -४५  मा आएको छ जहाँ अघिल्लो साता ३३ मा थियो।  सिग्नल लाइन पनि जिरो लाइन भन्दा तल -२२ मा आएको छ तर हिस्टोग्राम भने पुनः नेगेटिभ बनाएको देखिन्छ जसले  बजारमा बिक्रीकर्ता बढी  भएको जनाउँछ। -१४ डिएमआई लाईन, +१४ डिएमआई लाईन माथि रहेको देखिन्छ जसले बजारमा सेलिङ मोमेन्टम बढेको जनाउँछ । आरएसआइ ४३ बाट घटेर ४० मा आएको छ जसबाट आरएसआइको मोमेन्टम घटेको  देखिन्छ ।

नेप्सेको आगामी दिनको नजिकको सपोर्ट २४१७  रहेको देखिन्छ र नेप्सेको आगामी दिनको अवरोध २५००  को लेबल हुन आउँछ।

Comments

Back to top