उपकार लघुवित्तको आइपीओ बिक्री खुला
उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडले आज २५ गतेदेखि आइपीओ निष्काशन तथा बिक्री खुला गरेको हो । कम्पनीले जारी पूँजी ६ करोड ५६ लाख २५ हजार ३६ प्रतिशतले हुन आउने २ करोड ३६ लाख २५ हजार बराबरको प्रतिशेयर एक सय रुपैयाँ अंकित दरका २ लाख ३६ हजार २५० कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो ।
कुल सेयरमध्ये शून्य दशमलव ५ प्रतिशत अर्थात् ३ हजार २८१ कित्ता कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात ११ हजार ८१३ कित्ता सेयर सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरी बाँकी रहेको २ लाख २१ हजार १५६ कित्ता शेयर सर्वसाधारणमा वितरण गर्ने कम्पनीले जनाएको छ ।
आइपीओ खरीदका लागि छिटोमा चैत २९ गतेसम्म आवेदन दिन सकिने व्यवस्था छ । छिटो अवधिभित्र माग बमोजिम आवेदन नपरे ढिलोमा २०७९ बैशाख ९ गतेसम्म आवेदन दिन सकिनेछ ।
आवेदकले न्यूनतम १० कित्ता सेयर खरीदका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको आइपीओ निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई बैंकिङ्ग लिमिटेड हो ।
Comments