यसरी गरौँ गर्मीमा आँखाको हेरचाह !

आँखा निकै नै संवेदनशिल अंग हो । यसको स्वास्थ्यको लागि मानिसहरु खासै वास्ता गर्दैनन् । तर, पूर्ण स्वास्थ्यको लागि आँखाको हेरचाह गर्नु अपरिहार्य देखिन्छ ।

बढ्दो प्रदूषण, विश्व तापमान वृद्धिजस्ता कारणहरुले गर्मी मौसममा आँखामा अझै धेरै संक्रमण देखा पर्ने गर्छ।

संक्रमण हुँदा समयमै ख्याल नगरे आँखाको दृष्टि गुम्न पनि सक्छ । गर्मीका बेला आँखा पाक्ने, आँखा चिलाउने, आँखा रातो हुने, आँखा पोल्ने लगायतका समस्या देखिन्छन्। यी समस्याबाट बच्न तल दिईएका उपायहरु अपनाउन सकिन्छ:

-आँखामा धुलो पर्दा या चिलाउँदा रुमाल टिस्यु पेपरको प्रयोग गर्ने, जसले गर्दा आँखामा किटाणु सर्ने सम्भावना कम हुन्छ।

-गर्मीमा बाहिर हिँड्दा चश्मा प्रयोग गर्ने र आँखामा जथाभावी औषधि नराख्ने।

-आँखा पखाल्दा सफा पानी मात्र प्रयोग गर्ने।

-कचेरा आएमा आँखालाई हातले नछुने, आँखालाई छोइहालेमा साबुनपानीले हात धुने।

-आँखा सुक्खा भएमा चिकित्सले सिफारिस गरेका औषधि मात्र प्रयोग गर्ने, आफूखुशी औषधि प्रयोग नगर्ने।

-आँखा पोल्ने समस्या भएमा धुलो र घामबाट बच्ने, आँखा पोलेको छ भने बरफले सेक्ने।

-आँखा संक्रमण भएका व्यक्तिले प्रयोग गरेका रुमाल तथा सामान प्रयोग नगर्ने।

Comments

Back to top