नेप्सेमा भारी अंकको उतारचढाव
आज नेप्से बजार खुलेको समयबाट ओरालो लागेर ३५ अंकले घटेर २४१७ सम्म झरेको थियो।
त्यसपश्चात् नेप्सेले उकालो आक्रामक सुरुवात गर्यो तर २४५७ भन्दा माथि बढ्न सकेन र पुनः ओरालियो। कारोबारलाई हेर्दा आज १ बजे सम्ममा करिब १ अर्बको भएको देखिन्छ भने नेप्से परिसूचक २० अंकले घटेर २४३२ मा आएको देखिन्छ।
आज सर्वाधिक कारोबार राष्ट्र उत्थान लघुवित्त कम्पनीको भएको छ जसको मूल्यमा भारी अंकको उतारचढाव भएको पाइन्छ। यस्तै, इमर्जिङ्ग नेपाल कम्पनीको आज पनि नेगेटिभ सर्किट लागेर खरिद बिक्री भएको हो भने नेस्डो समृद्धि लघुवित्तले भने आज पनि पोजेटिभ सर्किटमा कारोबार गरेको देखिन्छ।
Comments