नेप्सेले तोड्यो २५०० को सपोर्ट, के भन्छ प्राविधिक विश्लेषणले ?

आज सोमबार १५.९४ अंकले घटेर ०.६३ % गिरावटको साथ नेप्से  २४९७.४७ अंकमा बन्द भएको छ। कारोबार भएका २२६ कम्पनीमध्ये  ३६ कम्पनी उकालो लागेका छन्, १४६ कम्पनी ओरालो लागेका छन् र १२ कम्पनी स्थिर रहेका छन्।

कारोबार भएका तेह्र उप-समुहमध्ये सबै उप-समुहको सेयर मूल्य ओरालो लागेका छन् ।

बजार पूँजीकरण बढेर रु ३५ खर्ब ४७ अर्ब पुगेको छ ।

प्रमुख कारोबार

प्राविधिक विश्लेषण

NEPSE Daily Update: April 4, 2022

प्राविधिक विश्लेषण सूचक

१. बोलिन्जर ब्याण्ड

आज बोलिन्जर ब्याण्डको अपर र लोवर ब्याण्डको अन्तर बढेको  विश्लेषणले देखाउँछ (आजको फरकः२१८) जसले बजारमा भोलाटाइलिटी बढेको  इङ्गित गर्दछ। बजार आज लोवर ब्याण्ड (२४७४) भन्दा माथि, मिडल ब्याण्ड २५८५ भन्दा तल  २४९८ मा बन्द भएको छ।  आज बजारमा बिक्री चाप बढेको देखिन्छ ।

२.  मुभिङ एभरेज कन्भर्जेन्स डाइभर्जेन्स

मुभिङ एभरेज कन्भर्जेन्स डाइभर्जेन्स विश्लेषणले एमएसिडि लाइन जिरो लाइन  भन्दा -४३ मा आएको  देखिन्छ। हिस्टोग्राम  नेगेटिभ  -६ मा आएको छ। एमएसिडी लाइनले  माथि बाट तल तिर सिग्नल लाइनलाइ क्रस गरेर तल गएको  देखिएको छ।  सिग्नल लाइन जिरो लाइन भन्दा तल  -३७ आएको छ। समग्र मुभिङ्ग एभरेजलाई हेर्दा बजारमा आज बिक्री बढी भएको देखिन्छ।

३ .डाइरेक्सनल मुभमेन्ट

डाइरेक्सनल मुभमेन्ट इन्डिकेटरले भने आज +१४ डिएमआई लाइन तलतिर फर्किएको छ भने   -१४ डिएमआई भने  माथि फर्किएको  छ।  सिग्नल लाइन   +१४डिएमआई लाइनलाई क्रस गरेर माथि तिर निरन्तर जाँदै छ जसले ट्रेन्ड निरन्तर हुन सक्ने जनाउँछ ।  -१४ डिएमआई लाईन तल बाट माथि फर्किएको देखिन्छ  जसले बिक्री बढेको बुझ्न सकिन्छ।  

४. क्यान्डलस्टिक

आज नेप्सेले बियरिस  क्यान्डल  बनाएको छ जसले  बजारमा बिक्री  बढी भएको  जनाउँछ ।

५. क्युमुलेटिभ एडी लाईन

NEPSE Daily Update: April 4, 2022

क्युमुलेटिभ एडी लाइन  -३६३४ देखि घटेर -३७४४ मा आएको छ। नेप्सेको कुल भोल्युम २९५५९४५ रहेको छ जुन २१ दिन मुभिङ एभरेज भोल्युम(४५११९७३)  को ६६ प्रतिशत देखिएको छ।

नेप्से आज लोवर  ब्याण्ड  २४७४ भन्दा माथि मिडल ब्याण्ड भन्दा तल २४९८ मा क्लोज भएको छ। एमएसिडी लाइन जिरो लाइन भन्दा  तल -४३ मा आएको छ र  सिग्नल लाईन पनि जिरो लाइन तल -३७ मा देखिएको छ  भने हिस्टोग्राम नेगेटिभ -६ मा पुगेको छ जसले बजारमा बिक्री बढेको देखिन्छ।

-१४ डिएमआई लाइन माथि फर्किएको छ भने +१४ डिएमआई लाईन तल तिर लागेको छ  र एडिएक्स लाइन + १४ डीएमआइ लाइनलाइ क्रस गरेर माथितिर  निरन्तर लागिरहेको छ  जसले  ट्रेन्ड निरन्तर  हुनसक्ने जस्तो देखिएको छ। आज बजारमा बिक्रीकर्ताको  मोमेन्टम बढेको सङ्केत गर्छ। आरएसआइ आज ३५ बाट घटेर ३४ मा पुगेको छ आरएसआइको मोमेन्टम घटेको जनाउँछ।

नेप्सेको आगामी दिनको नजिकको सपोर्ट २४८०  को एरिया रहेको देखिन्छ नेप्सेको नजिकको  अवरोध २५८०  को एरिया रहेको देखिन्छ।

Comments

Back to top