गरिमा क्यापिटल १६% लाभांश पारित गर्दै, डाक्यो साधारण सभा
गरिमा क्यापिटलले छैठौं बार्षिक साधारण सभा बैशाख ९ गते गर्ने भएको हो । क्यापिटलको बैंशाख १४ गते बसेको संचालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो । उक्त सभा पार्क भिलेज रिसोर्ट बुढानिलकण्ठमा डाकिएको छ ।
सभामा आर्थिक बर्ष २०७७/०७८ को संचालक समितिको प्रतिवेदन पारित गर्ने, वित्तीय विवरण स्वीकृत गर्ने, लेखापरिक्षक नियुक्त गरि पारिश्रमिक निर्धारण गर्ने, संस्थापकबाट संचालक समितिमा प्रतिनिधित्व गर्ने ५ संचालक निर्वाचन गर्ने, २०७८ आषाढ मसान्तमा कायम चुक्ता पूँजीको १५ दशमलव ६५ प्रतिशतले हुन आउने रकम एक करोड चौरासी लाख त्रियासी हजार आठ सय पन्चानब्बे र पैसा त्रियानब्बे मात्र नगद लाभांश वितरण गर्न स्वीकृति प्रदान गर्ने विषयहरु रहेका छन्।
त्यस्तै कम्पनीले आफ्नो कार्यक्षेत्र विस्तार गरी धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक, सेयर रजिष्ट्रार एवं सामूहिक लगानी कोषको डिपोजिटरीको रुपमा समेत कार्य गर्नको निमित्त कम्पनीको प्रबन्धपत्रमा उल्लेखित उद्देश्यहरु थप संशोधन गर्ने र सो बमोजिम आवश्यक व्यवस्था गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्ने पनि एजेन्डा रहेका छन्।
Comments