गर्मीमा छालाको हेरचाह गर्ने विधि
अहिले गर्मीको मौसम चलिरहेको छ । यो समयमा हामीले छालाको विशेष ख्याल राख्नुपर्छ ।
अझ गर्मीमा सबैभन्दा ठूलो समस्या भनेको घामले डढेर छाला कालो हुनु हो । गर्मी मौसम छाला सम्बन्धी रोगका लागि पनि सवंदनशील मौसम मानिन्छ । यस समयमा सूर्यको किरणको ताप चर्को हुने तथा वातावरणमा सूक्ष्म जीवाणु समेत देखा पर्ने गर्छन् ।
सूर्यको किरणले छालालाई केही असर नगरोस् भन्नका लागि यसको हेरचाह र ख्याल राख्नुपर्ने हुन्छ । गर्मी मौसममा विशेष गरी तापक्रम बढी हुने हुँदा शरीरमा पसिना बढी आउँछ ।
पसिनाले गर्दा छालामा प्रभाव पार्दछ । जसका कारण फंगल इनफेक्सन हुने, दाद, दुबी, छाला बाक्लो हुने, घमौरा आउने, छालामा घाउ हुने र चिलाउने समस्याहरू देखिन्छन् । सूर्यको किरण सिधै पर्दा चाँडै चाउरी पर्ने समस्या पनि देखिन्छ ।
गर्मी मौसममा यसरी छालाको हेरचाह गर्न सकिन्छ:
– बाहिर धेरै गर्मी हुँदा लोशन पसिनासँगै बगेर जान्छ । त्यसकारण घाममा निस्कनुभन्दा आधा घण्टा पहिले नै सन्सक्रिन लगाउनुहोस् ।
– सकेसम्म छायाँमा उभिनुहोस् ।
– घरबाट बाहिर निस्कँदा छाता ओडने, क्याप लगाएर हिँड्ने वा हातलाई सुतीको कपडाले ढाकेर निस्कनुहोस् ।
– प्रशस्त पानी पिउने तथा सन्तुलित भोजन गर्ने बानी बसाल्नुहोस् ।
– कामबाट फर्केपछि एकछिन आराम गरेर शरीर नुहाउने वा सफा गर्नुहोस् ।
– आफ्नो छालाअनुसारको सनब्लक क्रिमको प्रयोग गनुहोस् ।
– हाइ केमिकल भएको साबुनको प्रयोग नगनुहोस् ।
– नियमित रुपमा योग-ध्यान र व्यायाम गर्नुहोस् ।
स्रोत: एजेन्सी
Comments