लाभांश पारित गर्दै एनएलजी इन्स्योरेन्सको साधारण सभा सम्पन्न

एनएलजी इन्स्योरेन्स कम्पनीको १६औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीले काठमाडौँको आम्रपाली ब्यान्क्वेटमा उक्त सभा सम्पन्न गरेको हो ।

कम्पनीले हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि ०.५२६३ प्रतिशत नगद लाभांश गरी कुल १०.५२६३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । सभाले उक्त प्रस्तावलाई अनुमोदन गरेको छ ।

सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत हुने आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी स्वीकृत, लेखापरीक्षकको प्रतिवेदन सहितको लेखापरीक्षण गरिएको २०७८ साल आषाढ मसान्तको वासलात, आर्थिक वर्ष २०७७/०७८ को नाफा नोक्सान हिसाव र नगद प्रवाह विवरण तथा सोसंग सम्बन्धित अनुसूचीहरु छलफल गरी स्वीकृत गर्ने प्रस्ताव पारित गरेको छ ।

सभाले कम्पनी ऐन २०६३ को दफा १११ अनुसार आर्थिक वर्ष २०७८/०७९ को लागि लेखापरीक्षकको नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने, वोनश सेयर वितरण गर्दा कायम हुन आउने दशमलब पछिको अंकलाई सम्बन्धित शेयरधनीको नाममा पछि समायोजन गर्ने गरी यथावत राख्ने प्रस्ताव पारित गरेको छ ।

त्यस्तै, यस सभाले प्रस्तावित बोनश सेयर जारी पश्चात कम्पनीको जारी तथा चुक्तापुँजी वृद्धि भई रु. १,३२,६६,१४,३५५ र (एक अर्ब बत्तीस करोड छैसाठी लाख चौध हजार तीन सय पचपन्न रुपैयाँ) पुग्ने हुँदा सोही अनुसार जारी तथा चुक्ता पूँजी प्रबन्धपत्रको दफा ५ (ख) (ग) (घ) तथा नियमावलीमा नियम ५ (ख) (ग) (घ) मा संशोधन गर्ने प्रस्ताव स्वीकृत गर्ने प्रस्ताव पारित गरेको हो ।

Comments

Back to top