एनआईबिएल समृद्धि फण्ड १ परिपक्व, फिर्ता भयो लगानी रकम

नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड कोष प्रवद्र्धक रहेको तथा एनआईबिएल एस क्यापिटल योजना व्यवस्थापक रही एनआईबिएल म्युचअल फण्ड अन्तर्गत संचालनमा रहेको एनआईबिएल समृद्धि फण्ड १ पुस २२ गते परिपक्व भएको छ ।

एनआईबिएल समृद्धि फण्ड १ ले आफ्नो इकाईधनीहरुले लगानी गरेको रकम चैत १३, २०७८ बाट फिर्ता गरेको छ । फिर्ता भुक्तानी रकम प्रचलित कानुन बमोजिम कर कट्टा गरी इकाईधनीहरुको हितग्राही खातामा रहेको बैंक खातामा नै जम्मा गर्ने जनाएको हो ।

यस योजनाले १० रुपैयाँ अंकितदरका कुल १० करोड इकाईको सार्वजनिक निष्काशन गरेको थियो । योजनाको अन्तिम प्रति इकाई खुद सम्पत्ति मुल्य १२.७४ रुपैयां कायम भएको छ र सो अनुसारनै फिर्ता भुक्तानी गरिएको हो।

सचांलन अवधि ७ वर्ष रहेको यस योजनाले औषत वार्षिक १७.९९ प्रतिशत प्रतिफल प्रदान गरेको छ । आर्थिक वर्ष २०७७/७८ मा यस योजनाका इकाईधनीहरुले सर्वाधिक ३५ प्रतिशत नगद लाभांश पाएका थिए । आर्थिक वर्ष २०७२/७३, २०७३/७४, २०७४/७५, २०७५/७६ र २०७६/७७ मा भने क्रमशः १५ प्रतिशत, १८ प्रतिशत, १२ प्रतिशत, ६.५ प्रतिशत र १२ प्रतिशत नगद लाभांश लगानीकर्ताहरुले पाएका थिए ।

Comments

Back to top