इन्स्योरेन्सको पुँजी वृद्धि नाममा बाहिरिए खेलाडी, नेप्सेमा भारी अंकको धक्का !
आज आइतबार ४१. ४३ अंकले घटेर १.५९ % गिरावटको साथ नेप्से २५७२.२३ अंकमा बन्द भएको छ। कारोबार भएका २३२ कम्पनीमध्ये २५ कम्पनी उकालो लागेका छन्, १६६ कम्पनी ओरालो लागेका छन् र ३ कम्पनी स्थिर रहेका छन्।
कारोबार भएका तेह्र उप-समुहमध्ये १ उप-समुहको सेयर मूल्य मात्र उकालो लागेको छ भने बाँकी १२ उप-समुहको सेयर मूल्य ओरालो लागेका छन्।
बजार पूँजीकरण घटेर रु ३६ खर्ब ४६ अर्ब पुगेको छ ।
प्रमुख कारोबार
प्राविधिक विश्लेषण
प्राविधिक विश्लेषण सूचक
१. बोलिन्जर ब्याण्ड
आज बोलिन्जर ब्याण्डको अपर र लोवर ब्याण्डको अन्तर घटेको विश्लेषणले देखाउँछ (आजको फरकः २३१) जसले बजारमा भोलाटाइलिटी घटेको इङ्गित गर्दछ। बजार आज मिडल ब्याण्ड (२६२१) भन्दा तल २५७२ मा आएर बन्द भएको छ। आज बजारमा बिक्री बढेको देखिन्छ ।
२. मुभिङ एभरेज कन्भर्जेन्स डाइभर्जेन्स
मुभिङ एभरेज कन्भर्जेन्स डाइभर्जेन्स विश्लेषणले एमएसिडि लाइन जिरो लाइन भन्दा -२९ मा आएको देखिन्छ। हिस्टोग्राम हिजोको ५ बाट घटेर ३ मा आएको छ। एमएसिडी लाइनले तलतिर बाट माथि तिर सिग्नल लाइनलाइ क्रस गरेर माथि गएको थियो तर फेरी तलतिर फर्किन लागेको देखिएको छ। सिग्नल लाइन जिरो लाइन भन्दा तल -३२ आएको छ। समग्र मुभिङ्ग एभरेजलाई हेर्दा बजारमा बिक्री बढी भएको देखिन्छ।
३ .डाइरेक्सनल मुभमेन्ट
डाइरेक्सनल मुभमेन्ट इन्डिकेटरले भने आज +१४ डिएमआई लाइन तलतिर फर्किएको छ भने -१४ डिएमआई लाइन माथि फर्किएको छ। सिग्नल लाइन भने तलतिर निरन्तर लागेको थियो तर आज माथि फर्किएको छ । -१४ डिएमआई लाईन तलतिर बाट माथि फर्किएको देखिन्छ जसले बिक्री बढेको बुझ्न सकिन्छ।
४. क्यान्डलस्टिक
आज नेप्सेले बियरिस क्यान्डल बनाएको छ जसले बजारमा अत्याधिक बिक्री बढ्दै गएको जनाउँछ ।
५. क्युमुलेटिभ एडी लाईन
क्युमुलेटिभ एडी लाइन -३१८३ देखि घटेर -३२८४ मा आएको छ। नेप्सेको कुल भोल्युम ७८०८४५४ रहेको छ जुन २१ दिन मुभिङ एभरेज भोल्युम(५२४०८२१) को १४९ प्रतिशत देखिएको छ।
नेप्से आज मिडल ब्याण्ड २६२१ तल २५७२ मा क्लोज भएको छ। एमएसिडी लाइन जिरो लाइन भन्दा तल -२९ मा आएको छ र सिग्नल लाईन पनि जिरो लाइन तल -३२ मा देखिएको छ भने हिस्टोग्राम ५ बाट घटेर ३ मा पुगेको छ जसले बजारमा बिक्री बढेको देखिन्छ।
-१४ डिएमआई लाइन माथि फर्किएको छ भने +१४ डिएमआई लाईन पनि तल लागेको छ र एडिएक्स लाइन + १४ डीएमआइ लाइनलाइ क्रस गरेर माथितिर निरन्तर लागिरहेको देखिएको छ जसले ट्रेन्ड निरन्तर हुनसक्ने जस्तो देखिएको छ। आज बजारमा बिक्रिकर्ता को मोमेन्टम बढेको सङ्केत गर्छ। आरएसआइ आज ४३ बाट घटेर ३९ मा पुगेको छ आरएसआइको मोमेन्टम घटेको जनाउँछ।
नेप्सेको आगामी दिनको नजिकको सपोर्ट २५०० को एरिया रहेको देखिन्छ नेप्सेको नजिकको अवरोध २६०० को एरिया रहेको देखिन्छ।
Comments