नेप्से इन्ट्राडे: बिमा हरियो, नेप्से झर्यो
नेप्सेमा गिरावट आउँदा पनि बिमा क्षेत्रमा भने लगानीकर्ताको आकर्षण देखिएको छ।
करिब २ घण्टाको समयमा आज लामो समय पछि कारोबारमा पनि सुधार देखिएको छ। अहिले १ बजेको अपडेट अनुसार करिब २.७ अर्बको कारोबार भएको हो। आज नेप्से परिसूचक बजार खुलेको केहि समय सम्म २७ ले बढेर २६४१ पुगेको थियो भने अहिले १८ अंकले घटेर २५९५ मा आएको छ। सबै कम्पनि हरु घटेर कारोबार हुँदा पनि बिमा क्षेत्रका कम्पनि भने बढेर खरिदबिक्री भएको देखिन्छ।
त्यस्तै सर्वाधिक कारोबार गर्ने कम्पनीहरुमा गुराँस लाइफ, सुर्य लाइफ र लाइफ इन्सुरेन्स कर्पोरेसन नेपाल हुन्। १०% ले मुल्य वृद्धि भएर कारोबार भएका कम्पनी जीवन बिकास लघुवित्त, सानिमा जेनेरल इन्स्योरेन्स र जेनेरल इन्स्योरेन्स कम्पनी हुन्।
Comments