बीमा कम्पनीमा हरियाली, कारण के होला ?
बीमा कम्पनीको पुँजी वृद्धिको समाचारले आज बीमा क्षेत्रमा उछाल देखिएको छ।
गत साता बिमा समितिको बैठकले निकालेको निष्कर्ष अनुसार जीवन बीमा कम्पनीको पुँजी ५ अर्ब तथा निर्जीवन बिमा कम्पनिको ३ अर्ब पुँजी पुराउने भने पश्चात् आज लगानीकर्ताहरु बीमा कम्पनीहरुमा झुम्मिएको देखिन्छन्। पहिलो घण्टाको कारोबारमा सर्वाधिक कारोबार गर्ने कम्पनीहरुमा गुराँस लाइफ, लाइफ इन्स्योरेन्स कम्पनी नेपाल र सूर्य लाइफ देखिएको छ।
कारोबारको आधारमा गुराँस लाइफले १० करोड भन्दा बढीको कारोबार तथा सूर्य लाइफ र लाइफ इन्स्योरेन्स कम्पनी नेपालको ८ करोड कारोबार भईसकेको छ।
Comments