ग्रीन डेभलपमेन्ट बैंकको साधारण सभा, सेयरधनीलाई लाभांश शून्य
ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडले आज चैत १२ गते नवौं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको फागुन १३ गतेको सञ्चालक समितिको बैठकले उक्त दिन वार्षिक साधारण सभा गर्ने निर्णय गरेको हो । सभा होटल बाराही पोखरामा बिहान ११ बजे भर्चुअल माध्यमबाट गर्ने जनाएको छ ।
यस वर्ष कम्पनीले लाभांश प्रस्ताव गरेको छैन् । यसर्थ यस वर्ष शेयरधनीहरुको हात खाली हुने भएको छ । गत वर्ष ३ दशमलव ८० प्रतिशत बोनश सेयर र कर प्रयोजनका लागि शून्य दशमलव २० प्रतिशत नगद लाभांश गरी कुल ४ प्रतिशत लाभांश वितरण गरेको कम्पनीले यस वर्ष भने लगानीकर्ताहरुको हात खाली बनाएको हो ।
सभाले यस कम्पनी र अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने गाभिने वा प्राप्तिको लागि आवश्यक कार्यहरु गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गर्नेछ ।
त्यसैगरी सभाले आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आर्थिक वर्ष २०७८/७९ को लागि लेखापरिक्षकको नियुक्त र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
कम्पनीले साधारण सभाको लागि चैत २ गते (एक दिन) बुक क्लोज गर्ने जनाएको छ ।
Comments