बीमा कम्पनीले एक वर्षमा ६५ अर्ब २६ करोड रुपैयाँ जुटाउनु पर्ने
जीवन तथा निर्जीवन बीमा कम्पनीहरुले एक वर्षको अवधिमा ६५ अर्ब २६ करोड रुपैया पूँजी जुटाउनु पर्ने भएको छ । बीमा समितिले बिहीबार जीवन बीमा कम्पनीहरुको लागि न्युनतम चुक्ता पूँजी ५ अर्ब रुपैयाँ र निर्जीवन बीमा कम्पनीहरुका लागि साढे दुई अर्ब रुपैयाँ पुर्याउन निर्देशन दिए सँगै नेपाल लाइफ बाहेक सम्पुर्ण बीमा कम्पनीहरुले पूँजी बृद्धि योजना बनाउनु पर्ने भएको छ ।
बीमा समितिले अवको तीस दिन भित्रमा २०७९ असार सम्ममा निर्देशित पूँजी पुर्याउने योजना पेश गर्नु पर्नेछ । यस अवधिमा बीमा कम्पनीहरुले हकप्रद, बोनस सेयर र मर्जरको योजना पेश गर्नु पर्नेछ । समितिले एक वर्षको मात्रै अवधि दिएकाले बीमा कम्पनीहरुले ठुलो परिणाममा पैसा जुटाउनु पर्नेछ । जसमा सबैभन्दा धेरै मार संस्थापक सेयरधनीहरुलाई पर्नेछ ।
हाल बीमा कम्पनीहरु सँग ६४ अर्ब ७३ करोड रुपैयाँ मात्रै पूँजी छ । अधिकाम्स बीमा कम्पनीले सत प्रतिशत भन्दा धेरै हकप्रद सेयर निष्काशन गर्नु पर्नेछ । हाल विद्यमान पूँजीका आधारमा हेर्दा सर्वाधिक धेरै राष्ट्रिय बीमा कम्पनीले मात्रै ८३७ प्रतिशतले बृद्धि गर्नु पर्नेछ । हाल कम्पनी सँग जम्मा २६ करोड ६६ लाख रुपैंयाँ मात्रै पूँजी छ ।
त्यस पछि प्राथमिक सेयर निष्काशन नगरेका जीवन बीमा कम्पनीहरुले सबैभन्दा धेरै पूँजी जुटाउनु पर्नेछ । प्राथमिक सेयर निष्काशन गर्न बाँकी सिटिजन लाइफ, सन नेपाल लाइफ, महालक्ष्मी लाइफ, रिलायबल नेपाल लाइफ र आइएमई लाइफले २७५ प्रतिशत पूँजी थप गर्नु पर्नेछ ।
शिखर इन्स्योरेन्स
शिखर इन्स्योरेन्स कम्पनीले हाल ३० प्रतिशत हकप्रद सेयर निष्काशन गरिरहेको छ । हकप्रद सेयर निष्काशन पछि कम्पनीको चुक्ता पूँजी २ अर्ब २८ करोड रुपैयाँ पुग्नेछ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश घोषणा गर्न बाँकी छ । लाभांश घोषणा पछि कम्पनीले सजिलै न्युनतम चुक्ता पूँजी २ अर्ब ५० करोड रुपैयाँ जुटाउन सक्नेछ ।
आइएमई जनरल
आइएमई जनरललले हाल ४० प्रतिशत हकप्रद सेयर निष्काशन गरिरहेको छ । हकप्रद सेयर र अहिले घोषणा गरेको लाभांश पछि कम्पनीको चुक्ता पूँजी एक अर्ब ७० करोड रुपैयाँ पुग्नेछ । यति हुँदा पनि आइएमई लाइफलाई ४३ प्रतिशत हकप्रद सेयर निष्काशन गर्नु पर्ने देखिन्छ ।
Comments