शुक्रबारदेखि एनएमबि बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबि बैंक लिमिटेडको १० हजार कित्ता संस्थापक सेयर शुक्रबारदेखि बिक्री खुला भएको छ । बैंकले संस्थापक सेयरधनी विजय बाबु श्रेष्ठको नाममा रहेको १० हजार कित्ता सेयर बिक्री गर्न लागेको जनाएको छ ।

उक्त सेयर खरीदका लागि बैंकले पहिलो प्राथमिकता विद्यमान संस्थापक सेयरधनीहरुलाई दिनुपर्ने भएको ईच्छुक विद्यमान संस्थापक सेयरधनीहरुले आगामी ३५ दिनभित्र आवश्यक कागजात संलग्न गरी कम्पनी सचिवको कर्यालय बबरमहल, काठमाडौंमा निवेदन दिनुपर्ने बैंकले जनाएको छ ।

बैंकले तोकेको अवधिभित्र विद्यमान संस्थापक सेयरधनीहरुबाट आवेदन प्राप्त नभएमा भने यी सेयर अन्य व्यक्ति तथा संस्थाहरुमा बिक्री गरिने जनाएको छ ।

Comments

Back to top