नेप्सेमा दुई कम्पनीको बोनस सेयर सुचिकृत, कसको कति ?

नेप्सेमा मञ्जुश्री फाइनान्स र एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेण्ट लिमिटेडको बोनस सेयर सुचिकृत भएको छ । मञ्जुश्री फाइनान्सको ४० प्रतिशतले हुन आउने ३८ लाख ६१ हजार ५७९ कित्ता र एनआरएन इन्फ्रास्ट्रक्चरको ५ प्रतिशतले हुन आउने ५ लाख २ हजार ४२ कित्ता बोनस सेयर सूचिकृत भएको हो ।

मञ्जुश्री फाइनान्सले पुस २९ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ४० प्रतिशत बोनस सेयर सूचिकृत गराएको हो भने एनआरएन इन्फ्रास्टक्चरले पनि पुस २९ गतनै सम्पन्न वार्षिक साधारण सभाबाट पारित ५ प्रतिशत बोनस सेयर सूचिकृत गराएको छ ।

यी दुबै कम्पनीको बोनस सेयर हितग्राही खातामा आएपछि सेयरधनीले खरीदबिक्री गर्न सक्नेछन् ।

Comments

Back to top