नेप्से साप्ताहिक प्राविधिक विश्लेषण: अबको यात्रा कता ?
गत साता २.५ % ले बढेको नेप्से यो साता भने ०.६७ % ले घटेको छ। यस साताको पहिलो कारोबार दिन आइतबार २६३४ को बिन्दुमा खुलेको नेप्से, साताको अन्तिम कारोबार दिन बिहिबार १६ अंकले घटेर नेप्से २६१३ को बिन्दुमा आएको छ। साताको सुरु दिन बाटै कारोबार साघुरिंदै आएको बजारमा बिहिबार भने अलि सुधार देखियो । पहिलो दिन भारी अंक १४ ले घटेको नेप्से अन्तिम दिनमा झरे पनि कारोबार रकम भनेको बढेको हो।
यस साता कारोबार भएका १३ उप-समुहहरुमध्ये ५ उप-समुह उकालो लागेका छन् भने बाँकी ८ उप-समुह ओरालो लागेका छन्।
यस साताको टप गेनर्स (Top Gainers)
यस साताको टप लुजर्स (Top Losers )
यस साता सबै भन्दा धेरै कित्ता कारोबार भएका टप दश कम्पनिहरु (Top Traded Stocks By Units )
प्राविधिक विश्लेषण
अघिल्लो साता बुलिस क्यान्डल बनाउँदै उकालो लागेको नेप्सेले यस साता भने बियरिस क्यान्डल बनाएको देखिन्छ। यस साताको क्लोजिंगले मिडल ब्याण्डलाई रेसिस्ट गरेर मिडल ब्याण्ड भन्दा तल क्लोज गरेको छ जसले बजारमा सामान्य बिक्री बढी भएको जनाउँछ। एमएसिडि लाइन जिरो लाइन भन्दा तल -२५ मा आएको छ र सिग्नल लाइन पनि जिरो लाइन भन्दा तल -१२ मा आएको छ तर हिस्टोग्राम भने पुनः नेगेटिभ बनाएको देखिन्छ जसले बजारमा बिक्रीकर्ता बढी भएको जनाउँछ। -१४ डिएमआई लाईन, +१४ डिएमआई लाईन माथि रहेको देखिन्छ जसले बजारमा सेलिङ मोमेन्टम बढेको जनाउँछ । आरएसआइ ४७ बाट घटेर ४६ मा आएको छ जसबाट आरएसआइको मोमेन्टम घटेको देखिन्छ । नेप्सेको आगामी दिनको नजिकको सपोर्ट २६०० रहेको देखिन्छ र नेप्सेको आगामी दिनको अवरोध २६८० को लेबल हुन आउँछ।
Comments