वोमी र सूर्योदय लघुवित्तको एकीकृत कारोबार चैत १९ बाट
वोमी लघुवित्त र सूर्योदय लघुवित्त मर्जरमा सामेल भएका छन् । दुई संस्थाले मर्जरपछि सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट यही चैत १९ देखि एकीकृत कारोबार थाल्ने भएका हुन् ।
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिसन) सम्बन्धी विनियमावली २०७३ (चौथो संशोधन २०७५) को विनियम ११ को उपविनियम ७ अनुसार एकीकृत कारोबारबारे सर्वसाधारणलाई जानकारी दिएको हो ।
Comments