नेप्से इन्ट्राडे: बीमा कम्पनीहरुमा हरियाली !

नेप्सेमा हरियाली सुरु भए संगै बीमा कम्पनीहरुमा उछाल देखिएको छ।

बजार खुलेको समय देखि १३ अंकले घटेर नेप्से २६१७ सम्म झरेको थियो भने अहिले १ बजेको डेटा अनुसार नेप्से ८ अंकले बढेर २६३८ पुगेको देखिन्छ। कारोबार रकम पनि हिजो भन्दा अलिक सुधार भएको पाइन्छ जहाँ २ घण्टामा करिब १.२ अर्बको किनबेच भएको छ।

सर्वाधिक कारोबार गर्ने कम्पनी नेपाल टेलिकम र जिवन विकास लघुवित्त रहेको छ भने जीवन बीमा कम्पनीहरुले सर्वाधिक मूल्य बढेर कारोबार गरेको पाइन्छ। त्यस्तै इमर्जिङ्ग पावरले लगातार आज पनि सर्किट लगाएर रु. ७६० मा कारोबार भएको छ भने राष्ट्र उत्थान लघुवित्तले ६% को वृद्धिमा कारोबार गरेको छ।

Comments

Back to top